FLASH NEWS
  • Loading...

असारे बाढीपहिराे र झरीवादलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता , बजेट पचाउने मेसाे

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४७३ पटक पढिएको
असारे बाढीपहिराे र झरीवादलमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता , बजेट पचाउने मेसाे

जिल्ला खेलकुद विकास समितिले बाढीपहिराे र झरीवादलकाे प्रतिकुल माैषम राेजेर असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने धृष्टता सार्वजनिक गरेकाे छ ।

सकेसम्म कम विधार्थी सहभागी गराउने र असारे बजेट सकाउने कुत्सित मनसाय प्रेरित भै असारकाे भेलबाढी र झरीवादलमा खेलकुद प्रतियाेगिता अायाेजना गरिएकाे भन्दै धेरैले सामाजिक सञ्जालमा अालाेचना गरेका छन । अायाेजनकले भने गण्डकी प्रदेश कमिटीले पत्र लेखी तुरून्त प्रतियाेगिता अायाेजना गर्न निर्देशन दिएकाे बताए । सदरमुकाम बाहिरका अधिकांश विधालयले प्रतियाेगितामा सहभागीता नजनाउने बताएका छन । यस अघि पालिकाले पालिका स्तरिय प्रतियाेगिता नगर्ने भनेका छन ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले यस वर्ष गण्डकी प्रदेशसमेत देशभर अधिक वर्षा हुने पूर्वानुमान गरेकाे छ । त्यसाे त मध्य असार १५ गतेपछि जिल्लाका प्रायः ग्रामिण भेगमा जाने सडक बाढीपहिराेले अवरूद्ध हुन्छन । विभागले असार १७ सम्म गण्डकी प्रदेशका अधिकांश क्षेत्रमा भारी/केही स्थानमा अतिभारी वर्षाकाे जाेखिम देखाएकाे छ । अनि जिल्लाका केही विद्धालयमा वर्षे विदा सुरू भएकाे छ । केहीले असार १५ देखी वर्षे विदा दिंदैछन ।

त्यसैविच असार २३ र २४ गते प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड हुने भएकोले सो अघिनै जिल्ला स्तरीय प्रतियोगिता सम्पन्न गर्नु पर्ने भएकाेले पालिका स्तरमा कुनै प्रतियाेगिता नगरी र विना पूर्व तयारी विधार्थीलाइ प्रतियाेगितामा अाउन भनिएकाे हाे । म्याग्दीमा भलिवल खेल्ने इन्डाेर काेर्ट छैन । एथेलेटिक्स र रिले तर्फका खेल खेलाउने  उपयुक्त  मैदान पनि छैन । 

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीको अध्यक्षतामा बसेको बैठकले यही असार २० र २१ गते सदरमुकाम बेनीमा राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्ने निर्णय मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएकाे थियाे  राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन निर्देशीकाले तोके बमोजिमका सबै खेलकुदहरु प्रतियोगितामा समावेस गरिने अध्यक्ष केसीले बताए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल