FLASH NEWS
  • Loading...

संसदमा नियमित उपस्थित हुनेमा म्याग्दीका भुपेन्द्रबहादुर थापा

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
संसदमा नियमित उपस्थित हुनेमा म्याग्दीका भुपेन्द्रबहादुर थापा

जनजिविकाका सवाल उठाउने थलो संसदमा जनताका प्रतिनिधिहरु नै उपस्थित नहुँदा जनताका आवाज र महत्वपूर्ण विधेयकहरु ओझेलमा पर्ने गरेका छन ।

अधिकांश साँसद संसद सचिवालयमा हाँजिर गरी भाग्ने गरेका छन । तर म्याग्दीबाट निर्वाचित साँसद भुपेन्द्रबहादुर थापा समेत १३ जना साँसद भने संसदमा सवैभन्दाबढी नियमित उपस्थित हुने र संसदमा छलफलमा भाग लिने गरेका छन । थापा संसद खुलेकाे २ सय ९६ दिनमध्य २ सय ७३ दिन संसदमा उपस्थित भै संसदका विभन्न समितिका बैठक समेत नियमित काममा सकृय देखिएका छन । 

यस्तै ललितपुरबाट निर्वाचित एकीकृत समाजवादीका सांसद कृष्णलाल महर्जन र एमालेकी समानुपातिक सांसद बिनाकुमारी श्रेष्ठ दुवैजना २ सय ७८ दिन उपस्थित भएका छन् । कांग्रेसका दिव्यमणि राजभण्डारी २ सय ७७ दिन उपस्थित छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ र माओवादीका प्रमुख सचेतक देवप्रसाद गुरुङ २ सय ७५ दिन उपस्थित छन् । जसपाकी रेनुका गुरुङ २ सय ७५ दिन उपस्थित भएका छन्।

प्रतिनिधिसभाको पहिलो अधिवेशन १० दिन, दोस्रो ६९ दिन, तेस्रो अधिवेशन ३२ दिन र चौथो अधिवेशन ६० दिन चलेको थियो । पाँचौं अधिवेशनमा ३० दिन, छैटौंमा २५ दिन, सातौंमा ९ दिन र आठौंमा ९ दिन बैठक बसेको थियो । त्यस्तै नवौं १२ दिन र १० औं अधिवेशनमा १९ दिन बैठक बसेको थियो । जेठ ३ बाट ११ औं अधिवेशन जारी छ, जेठमा मात्रै २१ बैठक बसेका छन् ।