- Loading...
मनसुन थप सक्रिय, मंगलवार देखि बिहिवारसम्म केही स्थानहमा भारी र थोरैस्थानमा धेरै-भारी वर्षाको सम्भावना

- पुनहिल डट कम
- ३ साल अघि
- ५४७ पटक पढिएको
देशभर मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ।
ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलवारदेखि बिहीवारसम्म मनसुनी वायुको प्रभाव थप सक्रिय हुँने संभावना छ। मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आईपुग्ने सम्भावना रहेकोले मंगलवार देखि बिहिवारसम्म देशभर देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।
मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरैस्थानहरुम धेरै-भारी वर्षाको सम्भावना रहेको छ ।
सदुर-पश्चिम प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको छ। कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ।
बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बांकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ।
मंगलबार देखि बिहिबार सम्म पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने संभावना छ ।

हिमाल गुमाउँदै हिउँ, हामी गुमाउँदै भविष्य

जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

































