FLASH NEWS
  • Loading...

कालीगणडकीले बगाउँदा सात वर्षे वालिका वेपत्ता

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५१ पटक पढिएको
कालीगणडकीले बगाउँदा सात वर्षे वालिका वेपत्ता

सदरमुकाम बेनीकाे कालीपुलबाट कालीगणडकी नदीले बगाउँदा ७ बर्षिया कृषा पाइजा वेपत्ता भएकी छिन । 

अन्नपुर्ण गाउँपालिका, ५ स्वातभित्ता घर भै हाल कालीपुलमा हाेटल ब्यवसाय गर्दै अाएका तासबहादुर/एनकुमारी पाइजाकी ७ बर्षिया छाेरीलाइ शनिवार दिउँसा साथीसँग खेल्दै कालीपुलकाे पुराना पुल नजिक कालीगणडकी नदीले बगाएकाे हाे ।

नदी किनारामा खेल्नेक्रमा छालले बालिकालाइ बगाएपछि सँगै खेल्न गएका साथीले घरमा अाइ खवर गरेका थिए । प्रहरीका अनुसार नदीले बगाएरपछि वेपत्ता बालिका अाइतवारसम्म फेला पारिएकाे छैन । प्रहरी र अाफन्तले कालीगणडकी नदी किनारामा खाेजी जारी राखेका छन ।