- Loading...
मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट
- पुनहिल डट कम
- २ साल अघि
- ३१९ पटक पढिएको

म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।
शुक्रबार गाउँपालिका केन्द्र छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गरेकाे ४८ करोड १८ लाख ३६ हजार रुपैयाँकाे बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।
बजेटमा आन्तरिक आयतर्फ ५० लाख,संघीय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।
त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।
भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
