FLASH NEWS
  • Loading...

स्थानीय तहहरुले आज बजेट सार्वजनिक गर्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३४ पटक पढिएको
स्थानीय तहहरुले आज बजेट सार्वजनिक गर्दै

स्थानीय तहहरुले आर्थिक वर्ष २०७९/८० का लागि आज बजेट सार्वजनिक गर्दैछन् । बजेटसँगै स्थानीय तहले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेट गाँउ नगर सभामा पेश गरिसकेका छन्।

धेरैजसो स्थानीय तहले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट एकैपटक सभामा पेश गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन र स्थानीय सरकार सञ्चालन ऐनले सबै स्थानीय सरकारले असार १० गतेभित्र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट आआफ्नो सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था गरेको छ ।

स्थानीय तहले नीति कार्यक्रम र बजेटसंगै आर्थिक ऐन र बिनियोजन बिधेयकसमेत सभामा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।