FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५६ पटक पढिएको
मालिका गाउँपालिकाले सार्वजनिक ग¥यो ४८ करोड १८ लाख ३६ हजारको बजेट

म्याग्दीको मालिका गाउँपालिकाले आगमी आर्थिक बर्ष २०७९/८० को नीति तथा कार्यक्रम र बजेट पारित गरेको छ ।

शुक्रबार गाउँपालिका केन्द्र छ्यारछ्यारेमा सम्पन्न गाउँपालिकाको दोस्रो गाउँसभामा गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रस्तुत गरेकाे नीति तथा कार्यक्रम र उपाध्यक्ष लक्ष्मीदेबी घर्ति मगर पुनले प्रस्तुत गरेकाे ४८ करोड १८ लाख ३६ हजार रुपैयाँकाे बजेट सर्वसम्मत रुपमा पारित भएको हो ।

बजेटमा आन्तरिक आयतर्फ ५० लाख,संघीय सरकारको वित्तिय समानिकरण अनुदान तर्फ ९ करोड ६५ लाख ,राजश्व बाँडफाट तर्फ ८ करोड ६४ लाख ७२ हजार,समपुरक अनुदान तर्फ ३ करोड ५० लाख ,सशर्त अनुदान तर्फ १८ करोड ५० लाख र विशेष अनुदान तर्फ ३ करोड ३७ लाख रुपैयाँ रहेको छ ।

त्यसैगरी ,प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण अनुदान तर्फ १ करोड ५ लाख ६४ हजार ,राजश्व बाँडफाट तर्फ ४६ लाख ,समपुरक अनुदान तर्फ ५० लाख र विशेष अनुदानतर्फ ५० लाख रुपैयाँ अनुमान गरिएको छ ।

भने चालु आर्थिक बर्षको मौज्दात तर्फ २ करोड रुपैयाँको बजेट अनुमान गरिएको छ । उपाध्यक्ष घर्ति मगर पुनले प्रस्तुत गर्नुभएको बजेटमा चालुतर्फ २९ करोड ९५ लाख ७० हजार , पुँजिगत तर्र्फ १८ करोड २० लाख ६६ हजार र ,सशर्त तर्फ १८ करोड ५० लाख रुपैयाँ विनियोजन गरिकएको छ ।