FLASH NEWS
  • Loading...

मंगलामा ४२ करोड ३४ लाख बजेट पारित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १९३ पटक पढिएको
मंगलामा ४२ करोड ३४ लाख बजेट पारित

म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९०८० का लागि  ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ ।

शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गरेकी हुन । 

चालुतर्फ २७ करोड ७९ लाख ७० हजार र पुँजीगततर्फ  १४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ ।

त्यस्तै पूर्वाधार विकासतर्फ  १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ  १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ ।

त्यस्तै, कार्यालय संचालन तथा प्रशासनिकतर्फ  ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ ।