FLASH NEWS
- Loading...
मंगलामा ४२ करोड ३४ लाख बजेट पारित
- पुनहिल डट कम
- २ साल अघि
- ३०३ पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७९०८० का लागि ४२ करोड ३४ लाखको बजेट पारित गरेको छ ।
शुक्रबार गाउँपालिकाको केन्द्र बाबियाचौरमा सम्पन्न १३ औँ गाउँ सभामा गाउँपालिकाका उपाध्यक्ष प्रेम कुमारी खत्रीले कुल रु ४२ करोड ३४ लाख ७० हजारको बजेट प्रस्तुत गरेकी हुन ।
चालुतर्फ २७ करोड ७९ लाख ७० हजार र पुँजीगततर्फ १४ करोड ५५ लाख बजेट विनियोजन भएको छ । सवैभन्दा वढि बजेट सामाजिक विकासतर्फ २० करोड ९९ लाख विनियोजन भएको छ ।
त्यस्तै पूर्वाधार विकासतर्फ १० करोड ६७ लाख, आर्थिक विकासतर्फ २ करोड ५३ लाख, सुशासन तथा अन्तर सम्वन्धीत क्षेत्रतर्फ १ करोड ८८ लाख बजेट विनियोजन गरिएको छ ।
त्यस्तै, कार्यालय संचालन तथा प्रशासनिकतर्फ ६ करोड २७ लाख ७० हजार बेजट विनियोजन भएको छ ।
प्रतिक्रिया दिनुहोस