FLASH NEWS
  • Loading...

धवलागिरीमा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित

  • पुनहिल डट कम
  • १ साल अघि
  • १५९ पटक पढिएको
धवलागिरीमा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित

म्याग्दीको धवलागिरी गाउँपालिकामा ४० करोड ४९ लाख ४९ हजारको बजेट पारित भएको छ ।

गाउँपालिकाको केन्द्र मुनामा सम्पन्न १६ औँ गाउँ सभामा अध्यक्ष प्रेमप्रसाद पुनले प्रस्तुत गर्नुभएको आगामी आर्थिक बर्ष २०७९०८० को नीति तथा कार्यक्रम र उपाध्यक्ष रेशम पुनले प्रस्तुत गर्नुभएको बजेट छलफल सहित पारित गरेकाे हाे । 

बजेटमा गाउँपालिकामा सञ्चालित र अधुरा योजनालाई निरन्तरता दिँदै दिगो र आधारभुत विकासको आधार तयार गर्ने योजनाहरुलाई प्राथमिकता दिइएकाे छ । 

वडा नम्बर ६ को वडा कार्यालय भवन निर्माणलाई रु ५० लाख, गुर्जामा वृहत खानेपानीका लागि रु ५० लाख , मुदी स्वास्थ्य चौकी भवनलाई रु ५० लाख, झोलुङ्गे पुल निर्माणतर्फ रु ८० लाख, सुरक्षित नागरिक आवास कार्यक्रमतर्फ रु ३३ लाख, लुलाङ–गुर्जा मोटरबाटो निर्माणका लागि रु ४५ लाख, खिबाङ मोटरबाटो निर्माणका लागि रु ५० लाख, मल्कबाङ–मलम्पार मोटरबाटोलाई रु २५ लाख बजेट विनियोजन भएको छ ।

दिर्घरोगीसंग गाउँपालिका अध्यक्ष कार्यक्रमका लागि रु १० लाख, सुनौलो हजार दिनका महिलासंग उपाध्यक्ष कार्यक्रमका लागि रु ५ लाख, लुलाङ, मुदी र मराङको प्रसुतीगृह मर्मतलाई रु २४ लाख, हेम माविमा सञ्चालिन नमुना आवासीय माविको छात्रावास व्यवस्थापनमा रु १० लाख, स्थानीय पाठ्यपुस्तक निर्माण गर्न रु ५ लाख , स्मार्ट स्कुल परियोजनाका लागि रु ३ लाख बजेट विनियोजन भएको छ ।

धवलागिरी गाउँपालिकाले एक जना चिकित्सक र इन्जिनियर पढाउनका लागि रु १५ लाख बजेट विनियोजन गरेको छ ।