FLASH NEWS
  • Loading...

बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ६३५ पटक पढिएको
बेनी नगरपालिकाको बजेट ७३ करोड २२ लाख

बेनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि शुक्रबार नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । ‘कृषि, पर्यटन र पूर्वाधार, स्वच्छ, समृद्ध बेनी नगरको मूल आधार’ भन्ने नारासहित बेनी नगरपालिकाले आगमी आवको लागि ७३ करोड २२ लाख रुपैयाँ बराबरको सार्वजनिक गरेको हो ।

बेनी नगरपालिकाद्वारा आयोजित ११औं नगर सभा तथा अधिवेशनमा नगर उपप्रमुख ज्योती लामिछानेले आगामी आर्थिक वर्षका लागि उक्त बजेट प्रस्ताव गरेकी हुन ।

नगरसभामा प्रस्तुत विनियोजित बजेटमध्ये चालु खर्चतर्फ ४६ करोड १४ लाख अर्थात् ६३ दशमलव ०१ प्रतिशत र पुँजीगततर्फ २७ करोड आठलाख रुपैयाँ अर्थात् ३६ दशमलव ९९ प्रतिशत रहेको छ । सभामा प्रस्तुत बजेटमध्ये सबैभन्दा धेरै सामाजिक विकासतर्फ ३८ करोड ४३ लाख ७५ हजार अर्थात् ५२ दशमलव ५० प्रतिशत बजेट विनियोजन भएको छ ।

पूर्वाधार विकासतर्फ २५ करोड १० लाख अर्थात् १७ दशमलव ३५ प्रतिशत, आर्थिक विकासतर्फ चार करोड १० लाख, सुशासन र संस्थागत विकासतर्फ एक करोड ३८ लाख रुपैयाँ विनियोजन भएको छ । यसैगरी वन, वातावरण तथा विपद् व्यवस्थापनका लागि ‘विपद्मा मेयर कार्यक्रम’ सञ्चालनसहित एक करोड पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको उपप्रमुख लामिछानेले बताइन।

आर्थिक विकासअन्तर्गत कृषि क्षेत्रतर्फ दुई करोड नौलाख ४० हजार, पशुपन्छी विकासतर्फ ५६ लाख ६० हजार, उद्योगतर्फ ३५ लाख, पर्यटनमा ७४ लाख, जलस्रोत तथा सिँचाइतर्फ ३० लाख र सहकारी क्षेत्रतर्फ पाँचलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

त्यस्तै सामाजिक विकासअन्तर्गत शिक्षातर्फ २७ करोड ९९ लाख, स्वास्थ्यतर्फ चार करोड ३८ लाख, युवा तथा खेलकुदतर्फ २१ लाख ५० हजार, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ ‘आमा समूहसँग उपमेयर’ कार्यक्रमसहित ५७ लाख ५० हजार विनियोजन भएको छ ।

खानेपानी तथा सरसफाइतर्फ चार करोड ७३ लाख, विविधतर्फ एक करोड ३१ लाख ७५ हजार रुपैयाँ बजेट विनियोजन भएको छ । पूर्वाधार विकासअन्तर्गत सडक तथा पुल निर्माणतर्फ दश करोड ४५ लाख, भवन, आवास तथा सहरी विकासतर्फ चार करोड २९ लाख र उर्जा कार्यक्रमका लागि आठलाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल