FLASH NEWS
  • Loading...

म्याग्दीमा यार्चागुम्बा उत्पादन/संकलन निरन्तर घट्दो

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ३६१ पटक पढिएको
म्याग्दीमा यार्चागुम्बा उत्पादन/संकलन निरन्तर घट्दो

जिल्लामा बहुमुल्य हिमाली जडिबुटी यार्चागुम्बुको उत्पादन तथा संकलन वर्षेनी घट्दो छ ।
डिभिजन वन कार्यालयका अनुसार पछिल्ला तिन बर्ष देखी म्याग्दीका हिमाली बुक्यानहरुमा यार्चागुम्बु उत्पादन निरन्तर घट्दै गएको छ । ०७३ सालमा जिल्लाबाट १२.५ किलोग्राम यार्चागुम्बु छोडपुर्जी जारी भएकोमा चालु वर्ष जम्मा ५ सय ग्राम मात्र संकलन पुर्जी जारी भएको छ ।

हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाको आय आर्जनको प्रमुख आधार हो यार्सागुम्बा । तर, यार्सा संकलनबाट सिजनमा रामै आम्दानी गर्नेहरु पनि यस पटक भने निराश भई धमाधम घर फर्कन थालेका छन् । 
डिभिजन वन कार्यालयका सुचना अधिकृत रहेका सहयाक वन अधिकृत नरबहादुर क्षेत्रीका अनुसार पर्वत जलजलाका कलाधर आचार्यले चालु आवको असार ५ गतेसम्म म्याग्दीबाट ५ सय ग्राम यार्सागुम्बु संकलन तथा विक्रि गर्न १५ हजार पाँच सय राजश्व बुझाई पुर्जी लिएहा हुन । गत वर्षपनि आधा केजी परिणाममा यार्सागुम्बुको छोडपुर्जी जारी भएको थियो । यार्सागुम्बुको राजश्व प्रतिकेजी ३० हजार रहेको छ ।
वन कार्यालयको अभिलेख अनुसार ०६५ सालमा ७ किलो ५ सय ग्राम यार्सागुम्बु विक्रि गर्न ब्यापारीहरुले ७५ हजार राजश्व बुझाएका थिए । ०७२ सालमा यार्सागुम्बु संकलन बढेर १५ केजी भएको थियो । त्यसयता निरनतर जिल्लाबाट यार्सागुम्बुको संकलन पूर्जी र छोडपुर्जीमा यार्सागुम्बु घट्दै गएको छ । सरकारले ०७३ सालदेखी यार्सागुम्बु देखी यार्सागुम्बुको राजश्व १० हजारबाट बढाएर २५ हजार र गत वर्षदेखी फेरी बढाएर ३० हजार केजी बनाएको छ ।
‘म्याग्दीमा निरन्तर यार्चागुम्बुको उत्पादन तथा संकलन घटेको छ । पहिला धेरै मात्रामा संकलन हुन्थ्यो रे यो वर्ष त जम्मा आधा किलोको मात्र संकलन पुर्जी गएको छ’ डिभिजन मनोज रानाभाटले भने, ‘म्याग्दीको यार्सागुम्बु डोल्पाको जत्ति गुणस्तरीय नभएको भन्दै ब्यापारीले लिन नमान्ने र मुल्य नपाउने भएपछि स्थानीय यार्सा संकलनमा आर्कषित नभएका हुन । संकलन नै नभएपछि थोरै आउनु स्वभाविक हो ।’ प्रमुख राराभाटले थपे, ‘जलवायु परिवर्तन वा उमेर नपुग्दै यार्चागुम्बु टिप्दा यसको ढुसी फैलन नपाएको पनि हुन सक्छ ।’
जिल्लाको धवलागिरी गापाको चुरेन, गुर्जा र धवलागिरी हिमालमुनीका चरन खर्कहरुमा यार्चागुम्बा पाईन्छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल