FLASH NEWS
- Loading...
आज वर्षकै सबैभन्दा लामो दिन
- पुनहिल डट कम
- २ साल अघि
- ३९५ पटक पढिएको

आज जून २१ तारिख अर्थात यस वर्षको सबैभन्दा लामो दिन हो । सामान्यतयाः आजको दिन पृथ्वीको उत्तरी गोलार्द्धमा दिन लामो हुने गर्छ ।
नेपालमा सूर्योदय र सूर्यास्तबीचको समयअनुसार आजको दिन १३ घण्टा ४५ मिनेटको हुनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौंमा बिहान सूर्योदय ५:०९ मा भएको छ भने सूर्यास्त ७:०३ मा हुनेछ ।
सूर्यलाई परिक्रमा गर्ने क्रममा पृथ्वीको ढल्काइका आधारमा सूर्यको प्रकाश धेरै समय पर्ने भएकाले २१ जुनमा दिन वर्षकै लामो हुन्छ । जुन २०, २१ र २२ तारिख मध्ये कुनै एक दिन लामो दिन पर्दै आएको छ ।
भोलिदेखि दिन छोटो र रात लामो हुँदै जान्छ । डिसेम्बर २१ तारिखमा भने सूर्यको प्रकाश पृथ्वीमा कम पर्ने भएकाले दिन सबैभन्दा छोटो र रात लामो हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
