FLASH NEWS
  • Loading...

२४ घन्टाका लागि मौसमी चेतावनी, म्याग्दी-पर्वतका खाेला/नदीमा सामान्य बाढी अाउन सक्ने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५४ पटक पढिएको
२४ घन्टाका लागि मौसमी चेतावनी, म्याग्दी-पर्वतका खाेला/नदीमा सामान्य बाढी अाउन सक्ने

जल तथा माैषम विज्ञान विभागकाे बाढी पूर्वानुमान शाखाले जारी गरेकाे सुचना अनुसार गण्डकी प्रदेशमा अाज मंगलवार म्याग्दी र पर्वत जिल्ला भै बग्ने खाेला, नदीमा पानीकाे सतह बढ्ने संभावना रहेकाे छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेश, बागमती र गण्डकीमा मनसुनी वायुको प्रभाव रहेको छ । अन्य भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र बिहारमा रहेको पूर्वपश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको महाशाखाले जनाएको छ।

प्रदेश १, मधेश, बागमती र गण्डकीका केही तथा बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ।