- Loading...
जिल्ला समन्वय समिति प्रमुख समेत पदाधिकारीकाे पदस्थापना, निवर्तमानलाइ विदाइ
- पुनहिल डट कम
- २ साल अघि
- ३३९ पटक पढिएको

जिल्ला समन्वय समिति म्याग्दीका नवनिर्वाचित प्रमुख राजकुमार थापा, उपप्रमुख डिलकुमारी खत्री समेत पदाधिकारीले पद बहाली गरेका छन ।
अाइतवार भएकाे जिसस प्रमुख, उपप्रमुखकाे निर्वाचनमा एमालेका थापा र खत्री विजयी भएका थिए । त्यस्तै सदस्यहरूमा एमालेकै कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा (बेनी) निर्विराेध भएका थिए ।
साेमबार नै मुख्य निर्वाचन अधिकृत तेजनारायण पाैडेलले नवनिर्वाचित जिसस प्रमुख राजकुमार थापालाइ र प्रमुख थापाले उपप्रमुख समेत सदस्यहरूलाइ पद तथा गाेपनीयताकाे सपथ खुवाएका थिए ।
गण्डकी प्रदेश सभा सदस्य एवं पुर्व मन्त्री नरदेवी पुनकाे प्रमुख अातिथ्यतामा अायाेजित अर्काे कार्यक्रममा स्थानीय विकास अधिकारी जानुका सुवेदीले नवनिर्वाचित प्रमुख समेत पदाधिकारीलाइ स्वागत गरिन । पूर्व प्रमुख देवेन्द्र केसी, जिल्ला न्यायाधिश तेजनारायणा पाैडेल, प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानासमेतले नवनिर्वाचित पदाधिकारीलाइ बधाइ, शुभकामना दिए ।
त्यसैविच, निवर्तमान जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्रबहादुर कटुवालले साेमबार नै पत्रकार सम्मेलन गरी अाफ्नाे पाँच वर्षे कार्यकालकाे समिक्षा गरेका छन ।
केसीले अाफ्नाे कार्यकालमा जिल्ला समन्वय समितिकाे सभाहल निर्माणलाइ पहिलाे उपलब्धीकाे रूपमा चर्चा गरे । त्यसैगरी अाफु जिसस प्रमुखमा अल्पमतमा रहेपनी कुनै पनि निर्णय र काम विवादरहित तरिकाले गरेकाे, जिससले गरेका सवै समन्वयात्मक गतिविधी विवादरहित रहेकाे र अाफ्नाे अध्यक्षतामा रहेकाे पुननिर्माणा प्राधिकरण तर्फका विधालय भवनहरू छनाैट, निर्माणा र नियमनमा विवादरहित सम्पन्न गरेकाे पनि उल्लेख गरे ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
