FLASH NEWS
  • Loading...

जिसस म्याग्दी प्रमुखसमेत सवै टिममा एमाले विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४५ पटक पढिएको
जिसस म्याग्दी प्रमुखसमेत सवै टिममा एमाले विजयी

म्याग्दी । जिल्ला समन्वय समिति म्याग्दीको प्रमुखमा राजकुमार थापा र उपप्रमुखमा डिल कुमारी खत्री निर्वाचित भएका छन ।

आइतवार मुख्य निर्वाचनको कार्यालयमा सम्पन्न निर्वाचनमा ७÷७ मत प्राप्त गरि नेकपा एमालेका तर्फबाट थापा र खत्री निर्वाचित भएका हुन।

त्यसैगरी सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी) ,श्रीप्रसाद गर्बुजा (धबलागिरि), देब गर्बुजा पुन(अन्नपूर्ण), महिला सदस्यहरु कविता विश्वकर्मा (मंगला), गौमति चपाई (मालिका), धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा (बेनी) निर्विराेध निर्वाचित भएका थिए ।