- Loading...
झाडीले छोपिए पाहुना हिंड्ने बाटाहरु
- पुनहिल डट कम
- २ साल अघि
- ४३९ पटक पढिएको

यहाँका पर्यटकीय पदमार्गहरुमा पाहुना हिंड्न छोडेपछि झाडीले छोपिएका छन ।
कोरोना कहरले दुई वर्षदेखी पर्यटन क्षेत्र ठप्प भएपछि जिल्लाका आधा दर्जन पाहुना हिंडाउन नयाँ पहिचान गरिएका पदमार्ग झाडिले छोपिएका हुन ।
परम्परागत पर्यटनबाट निश्चित ब्यक्तिबाहेक समुदायले लाभ लिन नसकेपछि सुरु भएको बेनीदेखी (१४००मी)–महरेहुँदै (३३१०मी)बाट खोप्रा (३६६० मी) र खयरवराहताल (४६०० मिटर) जोड्ने (अन्नपूर्ण–धौलागिरी) ६/८ र १२ दिन लामो नेपालको पहिलो सामुदायीक पर्यापदमार्ग सुनसान छ ।
वस्ती क्षेत्रमा होमस्टे र वस्तीमाथीका हिमाली वन क्षेत्रमा सामुदायीक होटल/लजको मोडेलमा भर्खर चल्न थालेको वेला पदमार्गका होमस्टे र होटलहरु कोरोना कहरमा परेपछि रिक्ता भएका छन ।
‘परम्परागत गोठालो गोरेटोलाई पछ्याउँदै लेकको जंगल र झाडी फाँडेर बनाएका पदमार्गमा मान्छे हिंड्न छोडेपछि स्वभाविकै रुपमा छाडीले ढाकेको छ । पाहुना आउन थालेपछि फेरी फाँडफुँड गर्नु पर्छ’ अन्नपूर्ण–धौलागिरी सामुदायीक पर्यापदमार्गका ब्यवस्थापक चित्रबहादुर तिलिजाले भने, ‘निर्जन जंगल र हिमालमुनीका लेकमा खोलेका डायनिङ र लजहरु पनि रिक्ता भएका छन । कोरोना कहरले लागेको लकडाउ हटेसँगै सहरबजारमा सहज बन्न थालेपनि पर्यटक हिंड्ने बाटा भने सुनसान छन ।’
त्यसैगरी सामाजिक, साँस्कृतिक तथा भौगोलिक पछौटेपनबाट ग्रस्त तत्कालिन माओवादी गुरिल्लाहरु ओहोर–दोहोर गरेपछि चर्चामा आएको म्याग्दी–बाग्लुङ्ग–रुकुम–रोल्पासम्मको परम्परागत गोठालो बाटोलाई ‘गुरिल्ला मार्ग’ पनि झाडीले छोपिएको छ ।
हिमाली वुक्यान पुगेका भेडा गोठाला वेंशी नझरी यो पदमार्गमा हत्तपत्त पैदलयात्रुले छिचोल्न हम्मे पर्ने अवस्था छ ।
बेनी–महरे–खोप्रा पर्यापदमार्ग र गुरिल्ला पदमार्ग मात्र होईन, स्थानीयको पहलमा खुलेका गलेश्वर–भगवती–चिमखोला–धवलागिरी आईसफल ट्रेल, रटोड्के–झिं–चौरखानीहुँदै धवलागिरी ग्लेसियरभै चिमखोलाबाट बेनी झर्ने धवलागिरी सेन्चुरी ट्रेल, धवलागिरी गापाको लुकेको वस्ती गुर्जाहुँदै गुर्जा वेसक्याम्प–चुरेन वेसक्याम्प–पुथा वेस क्याम्पहुँदै रुकुमको टकसरा पुग्ने गुर्जा सेन्चुरी पदमार्गपनि झाडीले ढाकिएका छन ।
‘गुर्जा सेन्चुरी ट्रेल र गुरिल्ला ट्रेल भर्खरै पहिचान भएका पदमार्ग हुन । यी पदमार्गमा असोज–कात्तिक र चैत–वैशाख दुई सिजनमा मात्र फाट्टफुट्ट क्याम्प ट्रेकमा पर्यटक आउँथे । अहिले आन्तरिक वा बाह्य कोही पनि पर्यटक नहिंड्ने भएकोले सुनसान छ’ धवलागिरी गाउँपालिका, ३ मुदी नाउरकी संगीता घर्तीले भनिन्र, ‘कोरोनालाई जितेर पर्यटक फेरी आउँछन, हामी अघि–अघि झाडी फाँड्दै पछाडी पाहुनालाई हिंडाउँला नी ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
