FLASH NEWS
  • Loading...

नेपाल एअरलाइन्सका अध्यक्षलाई मन्त्री आलेको अश्लील गाली!

  • पुनहिल डट कम
  • १ साल अघि
  • २२४ पटक पढिएको
नेपाल एअरलाइन्सका अध्यक्षलाई मन्त्री आलेको अश्लील गाली!

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अश्लील गालीगलौज गरेको अडियो बाहिरिएको छ। 

अन्नपूर्ण पोष्टले सामाजिक सञ्जालमा सार्वजनिक गरेको अडियोमा आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीलाई एकपटक फोनमा र अर्कोपटक कार्यकक्षमै अश्लील गाली गरेका छन्।

पहिलो अडियोमा आलेले फोनमा अधिकारीलाई अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको सुनिन्छ। दोस्रो अडियोमा तथानाम गाली गर्दै  हातपातसमेत गर्न खोजेको र हाँ रहेका तेस्रा व्यक्तिले रोक्न खोजेको आवाज सुनिन्छ।

मन्त्री आलेले केही व्यक्तिलाई नेपाल एयरलाइन्समा जागिर लगाउन सिफारिस गरेको र नमानेपछि आक्रोशित भएको बताइएको छ। यसअघि पनि भारतमा बस्ने एक नेपाली युवकमाथि गालीगलौज उनी विवादमा परेका थिए। 

आले एकीकृत समाजवादीबाटसरकारमा सहभागी भएका हुन्। केही दिनअघि पार्टीले मन्त्री परिवर्तनका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई सूची पठाए पनि मन्त्रिपरिषद् हेरफेर भएको छैन।