- Loading...
बेनी नगरपालिकाले याेजना नसकी भुक्तानी दिँदा विवाद
- पुनहिल डट कम
- २ साल अघि
- १७२ पटक पढिएको

बेनी नगरपालिकाको अभिलेखमा एक घर एक धारा कार्यक्रमअन्तर्गत वडा नं. ३ भकिम्लीको चिनाखेतका ७६ घरमा मिटर जडित खानेपानी पुगेको छ । तर, कागजमा योजना सम्पन्न भएको जनाइए पनि घरहरूमा धारा भने जोडिएको छैन ।
बेनी नगरपालिकाले याेजना सम्पन्न नगरी ठेकदारलाइ अन्तिम भुक्त्तानी दिएपछि अनियमितता र मिलेमताे भएकाे भन्दै विवाद भएकाे छ ।
नगरपालिकाले आर्थिक वर्ष २०७७/७८ मा विनियोजन गरेको ७० लाख बजेटबाट ०७८ असार मसान्तभित्र खानेपानी योजना निर्माण सक्ने गरी सुन्दर निर्माण सेवा पोखरासँग सम्झौता गरेको थियो । कम्पनीले ५८ लाख रुपैयाँमा चिनाखेत खानेपानी योजनाको ठेक्का पाएको हो । तर सम्झौताअनुसारका पूरै संरचना निर्माण नगरी र घर–घरमा धारा पनि नबाई ठेकेदार फर्केपछि योजना अलपत्र छ । नगरपालिकाले अधुरो योजनालाई कार्य सम्पन्न भनी भुक्तानी गरेपछि स्थानीय आक्रोशित भएका छन् ।
सम्झौतामा ३ घेराबारसहित इन्टेक, २० घनमिटर क्षमताका २ फेरोसिमेन्ट ट्याङ्की, डिस्ट्रिबुसन च्याम्बर १४ वटा, कलेक्सन ट्याङ्की एउटा, ब्रेक च्याम्बर २ वटा, तीन किलोमिटर मुख्य पाइप लाइन, नौ किमि लामो वितरण लाइन बनाउने उल्लेख छ । यसैगरी घर–घरमा कनेक्सन फिटिङ (पाइप, मिटर, धारा) आदि बनाई माझखर्क ठूलाछहरा मुहानको पानी धारामा झार्ने थियो । ठेकेदारले सम्झौताअनुसार बनाउनुपर्ने एउटा इन्टेक, ब्रेक च्याम्बर दुई वटै बनाइएको छैन ।
सबै ७६ घरमा पानीको धारा निर्माण भएको छैन । ठेकेदार कम्पनीले निर्माण नभएको इन्टेक एउटा र ब्रेक च्याम्बर दुई वटाको रकम कटाएर नगरपालिकाबाट कन्टेन्जेन्सी पनि कटाई ५१ लाख ५४ हजार ४० रुपैयाँ भुक्तानी लिएको छ । नगरपालिकाले भने डिजाइन, लागत अनुमान र ठेक्का सम्झौताअनुसार कामको मूल्यांकनको आधारमा भुक्तानी दिएको दाबी गरेको छ । क्रमागत योजना भएकाले चालु आवमा बजेट विनियोजन नभएकाले केही काम बाँकी रहेको र आगामी बजेटमा योजना समेटेर सम्पन्न गर्ने नगरपालिकाले दाबी गरेको छ ।
थापाका अनुसार ठेक्का नै अधुरो ठेक्का लागेको हो । क्रमागत योजनामा बजेट निरन्तरता नभएपछि यो योजना अधुरो र आलोचित भएको भन्दै उनले चालु आवमा समस्या सुल्झिने बताए । *कान्तिपुरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
