जिल्ला भलिबल संघ म्याग्दीको अध्यक्षमा तेजेन्द्र बानियाँ चयन भएका छन् ।
बिहिबार बेनीमा भएको संघको ५औं अधिवेशनबाट संघकाे अध्यक्षमा बानियाँ चयन भएका हुन ।
त्यसैगरी अधिबेशनबाट संघकाे उपाध्यक्षमा खड्क केसी र रत्न भण्डारी, महासचिवमा कुमार किसान र कोषाध्यक्षमा बिष्णुकुमारी रोका चयन भएका छन।
सदस्यमहरुमा मलिन रोका, राजकुमार शाही, सनमान जुग्जाली, मनोज खड्का, अप्सन राम्जाली, गंगा तिलिजा, रुपेश सुन्दास र चित्र जुग्जाली रहेका छन् ।