- Loading...
जिसस प्रमुखमा एमालेका राजकुमार थापा र काँग्रेसकी मनकुमारी विककाे मनोनयन दर्ता, सदस्यमा सवै एमाले निर्विराेध
- पुनहिल डट कम
- २ साल अघि
- २३५ पटक पढिएको

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत पदाधिकारीमा एमाले र गठवन्धनबाट छुट्टाछुट्टै मनाेनयन दर्ता गरेका छन ।
जिल्ला समन्वय समितिकाे संयाेजकमा एमालेका राजकुमार थापा मगर र गठवन्धनबाट काँग्रेसकी मनकुमारी विकले मनाेनयन दर्ता गरेका छन । त्यस्तै उपप्मुखमा एमालेबाट दिलकुमारी खत्री र गठवन्धनबाट काँग्रेसका साेहन श्रेष्ठले मनाेनयन दर्ता गरेका छन ।
त्यसैगरी ७ सदस्य पदमा एमालेबाहेक अन्यकाे उम्मेदवारी नपरेकाेले सदस्यमा सवै ७ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन ।
एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिमा मतदान गर्न अावश्यक १२ मतभारमध्य एमालेकाे ७ मत र गठवन्धनकाे ६ मत रहेकाे छ । मतभारकाे अाधारमा प्रमुख र उपप्रमुख दुवैमा एमालेले जित्ने प्रायः निश्चित छ ।
मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा रहेका छन ।
भाेली २ गते विहिवार उम्मेदवार उपर उजुरी, सोही दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने र ५ गते मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
