- Loading...
नेपालीले खाने नुनमा अत्यधिक आयोडिन, नुन सेवन घटाअाैं
- पुनहिल डट कम
- २ साल अघि
- १७७ पटक पढिएको

आयोडिनको मात्रा बढी भएको नुन नेपालीको भान्सामा प्रयोग भइरहेको सम्बन्धी अध्ययन अन्तर्राष्ट्रिय जर्नल एनल्स अफ द न्यूयोर्क एकेडेमी अफ साइन्सेस मा जेठ ११ गते प्रकाशित भएको छ। विश्व स्वास्थ्य संगठनले सुझाएको आयोडिनको मात्राभन्दा तीन गुणा बढी आयोडिन भएको नुन नेपाली भान्सामा रहेको यो अध्ययनले देखाएको छ।
काठमाडौं इन्स्टिच्यूट अफ एप्लाइड साइन्सका निर्देशक वरिष्ठ वैज्ञानिक डा. वसन्त गिरीको टोलीले अनुसन्धान गरेको थियो। उक्त अनुसन्धानबारेको लेख अमेरिकाको द न्यूयोर्क एकेडेमी अफ साइन्सको जर्नल एनल्स मा प्रकाशित छ।
डा. गिरीका अनुसार, नेपालका सात जिल्लाका भान्साबाट दुई हजार ११७ नुनका नमूना सङ्कलन गरेर आयोडिनको मात्रा विश्लेषण गरिएको थियो। उक्त अनुसन्धान अनुसार‚ ९८ प्रतिशत घरमा आयोडिनयुक्त नुन प्रयोग गरिएको पाइएको थियो। ती नमूनाहरूमध्ये करीब एक प्रतिशतमा आवश्यक मात्राभन्दा कम आयोडिन, १३ प्रतिशतमा नमूनामा पर्याप्त आयोडिन र करीब ८४ प्रतिशत नुनका नमूनामा अत्यधिक आयोडिन पाइएको डा. गिरीले जानकारी दिए।
डा. गिरीले भने‚ “हाम्रो अध्ययनले नेपालीहरूले आवश्यकताभन्दा धेरै गुणा आयोडिन सेवन गरिरहेको भेटिएकाले सम्बन्धित निकायले यसलाई गम्भीरतापूर्वक लिएर अब नुनमा मिसाउने आयोडिनको मात्रालाई पुनरावलोकन गर्न जरुरी देखिन्छ।”
विश्व स्वास्थ्य संगठनले भान्सामा हुने नुनमा करीब १५ पिपिएम आयोडिन पर्याप्त हुने जनाएको छ। अत्यधिक आयोडिन सेवन गर्नाले मानव स्वास्थ्यलाई हानि गर्ने विभिन्न अध्ययनले देखाएको डा. गिरीले बताए।
आयोडिनको मात्रा धेरै हुँदा स्वास्थ्यमा कस्तो असर पर्छ?
थाइरोइड ग्रन्थिको विकासका लागि आयोडिन अत्यावश्यक हुन्छ। यसको कमी वा बढी उपभोगले स्वास्थ्यमा विभिन्न असर गर्न सक्छन। जस्तै हाइपोथाइरोडिज्म, हाइपरथाइरोडिज्म, थाइरोडिटिस्, थाइरोइडको क्यान्सर आदि। तर, यो अध्ययन बढी आयोडिन सेवन गर्दा कस्तो असर गर्छ भन्नेमा केन्द्रित छैन। यसको लागि छुट्टै अनुसन्धानको आवश्यकता छ। लामो समयसम्म आयोडिन धेरै खाँदा हुने समस्याबारे थाहा पाउनु जरुरी छ।
त्यसो भए अब हामी ढिके नुनमै फर्किनुपर्ने हो त?
हाम्रो अध्ययन स्वास्थ्यबारे होइन। कति मात्रा आयोडिन बढी खाँदा स्वास्थ्यलाई कस्तो असर गर्छ भन्ने अध्ययन गरिएको होइन। हाम्रो भनाइ ५० पीपीएम राख्नुको सट्टा ३७ पीपीएम राखे पनि हुन्छ भन्ने हो। यसलाई अलि ‘रिभाइज’ गरेर घटाउँदा पनि हुन्छ।
तर, यसका आधारमा ढिके नुन नै खानुस् भन्न सकिन्न। किनकि, आयोडिनको कमी पनि हुन दिनु भएन। अलि बढी आयोडिन देखिएको हुनाले घटाएर स्थानीय तहमा पठाउँदा राम्रो हुन्छ भन्ने हो। यसको असर पछि के हुन्छ भनेर अहिले भन्न सकिने अवस्था छैन। वर्षौंपछि बढी आयोडिनले गर्दा स्वास्थ्यमा समस्या आएको देखायो भने राम्रो भएन नि। अब कम आयोडिन मिसाउँदा उपयुक्त हुन्छ भनेर सरकारलाई सुझाव मात्र दिएका हौं।
नुनमा प्रयोग हुने आयोडिनको मात्रा संसारभर फरक हुन्छ कि समान हुन्छ?
आयोडिनको मात्रा पुर्याउन संसारभर नै नुनको प्रयोग गरिएको छ। ‘युनिभर्सल साल्ट आयोडाइजेशन’ कार्यक्रम अन्तर्गत नेपालमा पनि नुनमा आयोडिन मिसाएर पठाउने गरिएको हो। भान्सामा हरेक पटक नुन प्रयोग गरिन्छ। नुनको कमीले विभिन्न रोग लाग्छन् भन्ने तथ्यलाई विश्लेषण गरी नुनमै आयोडाइज गरेर पठाउन थालियो।
देश अनुसार आयोडिनको मात्रा राखिएको हुन्छ। बाङ्लादेश र श्रीलंकामा ३० पीपीएम, अमेरिकामा ४० पीपीएम र नेपालमा ५० पीपीएम राख्ने गरिएको छ। तर, अनुसन्धान अनुसार ५० पीपीएमभन्दा पनि बढी पाएका छौं। सरकारले तोकेभन्दा बढी, अझ चाहिनेभन्दा बढी नै आयोडिनको मात्रा देखिएको छ। *हिमालखवरबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
