FLASH NEWS
  • Loading...

जिसस प्रमुखमा एमालेका राजकुमार थापा र काँग्रेसकी मनकुमारी विककाे मनोनयन दर्ता, सदस्यमा सवै एमाले निर्विराेध

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४४ पटक पढिएको
जिसस प्रमुखमा एमालेका राजकुमार थापा र काँग्रेसकी मनकुमारी विककाे मनोनयन दर्ता, सदस्यमा सवै एमाले निर्विराेध

जिल्ला समन्वय समिति म्याग्दीको प्रमुख समेत पदाधिकारीमा एमाले र गठवन्धनबाट छुट्टाछुट्टै मनाेनयन दर्ता गरेका छन ।

जिल्ला समन्वय समितिकाे संयाेजकमा एमालेका राजकुमार थापा मगर र गठवन्धनबाट काँग्रेसकी मनकुमारी विकले मनाेनयन दर्ता गरेका छन । त्यस्तै उपप्मुखमा एमालेबाट दिलकुमारी खत्री र गठवन्धनबाट काँग्रेसका साेहन श्रेष्ठले मनाेनयन दर्ता गरेका छन । 

त्यसैगरी ७ सदस्य पदमा एमालेबाहेक अन्यकाे उम्मेदवारी नपरेकाेले सदस्यमा सवै ७ जना एमालेका उम्मेदवार निर्वाचित भएका छन । 

एक नगरपालिका र पाँच गाउँपालिका गरी ६ वटा स्थानीय तह रहेको म्याग्दीमा जिल्ला समन्वय समितिमा मतदान गर्न अावश्यक १२ मतभारमध्य एमालेकाे ७ मत र गठवन्धनकाे ६ मत रहेकाे छ ।  मतभारकाे अाधारमा प्रमुख र उपप्रमुख दुवैमा एमालेले जित्ने प्रायः निश्चित छ ।

मुख्य निर्वाचन अधिकृतकाे कार्यालयका अनुसार निर्विरोध निर्वाचित हुने सदस्यहरुमा कृष्णदत्त पौडेल पाध्या (बेनी),श्रीप्रसाद गर्बुजा (धबलागिरि) देब गर्बुजा पुन(अन्नपूर्ण) महिला सदस्यहरु कविता वि.क (मंगला) गौमति चपाई (मालिका) धनकुमारी सुनार (रघुगंगा) र दलित वा अल्पसंख्यकबाट जानकी विश्वकर्मा रहेका छन ।

भाेली २ गते विहिवार उम्मेदवार उपर उजुरी, सोही दिन जाँच र उजुरी उपर निर्णय गर्ने, उम्मेदवारको नामावली प्रकाशन गर्ने, ३ गते उम्मेदवारको नाम फिर्ता, अन्तिम नामावली प्रकाशनसंगै उम्मेदारलाई चुनाव चिन्ह प्रदान गर्ने र ५ गते मतदान गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।