- Loading...
स्थानीय निर्वाचनमा : नौ जना वडाअध्यक्ष गोलाप्रथाबाट छानिए, ४७ जना एक र ३५ जना दुई मतले हारे
- पुनहिल डट कम
- २ साल अघि
- २७४ पटक पढिएको

स्थानीय तह निर्वाचनबाट बाजुराको बुढीगंगा नगरपालिकाबाहेक देशैभरिका ६ हजार ७३३ वडामा वडाअध्यक्ष निर्वाचित भए ।
देशैभरिका नवनिर्वाचित वडाध्यक्षमध्ये नौ जना अभागी साबित भए भन्दा असान्दर्भिक नहोला । किनकि, उनीहरू गोलाप्रथाबाट पराजित भएका हुन्।
आफ्ना प्रतिद्वन्द्वीसँग समान मत ल्याएपछि नौ जना वडाअध्यक्षको नतिजा सार्वजनिक गर्नको लागि निर्वाचन आयोगअन्तर्गतको निर्वाचन अधिकृतको कार्यालयले गोलाप्रथा नै गर्नुपरेको थियो । तर गोलाप्रथामा उनीहरूले निराश बन्नु परेको हो ।
यसरी गोलाप्रथाबाट पराजित हुनेमा नेपाली कांग्रेसका पाँच जना, नेकपा (एमाले) का तीन जना र नेकपा (माओवादी) केन्द्रका एक जना वडाअध्यक्ष हुन् । प्रदेशगत रूपमा हेर्ने हो भने प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशमा समान २/२ जना, गण्डकी, बागमती र मधेस प्रदेशमा १/१ जना गोलाप्रथाबाट विजयी भए ।
जो एक मतले हारे
एक मतले पराजय भोगेका वडा अध्यक्षहरूको सङ्ख्या ४७ छ । राजनैतिक दलअनुसार हेर्नेहो भने कांग्रेस र एमालेबाट समान १४/१४ जनाले एक मतले पराजय भोग्दा, माओवादी केन्द्रका १२, जसपा र लोसपाबाट समान २/२ जना र जनमत पार्टी (जपा), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट समान १/१ जना पराजित भए ।
अछामको साफेंबगर नगरपालिका-६ मा नेकपा एमालेकी दूधकला खड्का (विष्ट) स्वतन्त्र उम्मेदवारसँग एक मतको अन्तरले पराजित भएकी हुन् । त्यस्तै, मधेस प्रदेशअन्तर्गतको धनुषा जिल्लाको कमला नगरपालिका-३ मा नेकपा (एकीकृत समाजवादी) की सीतादेवी ठाकुर माओवादी केन्द्रका रामभगत यादवसँग एक मतान्तरले पराजित भइन् ।
दुई मतले पराजित हुने ३५ जना
दुई मतान्तरले पराजित हुने वडाअध्यक्षहरूको सङ्ख्या ३५ छ । नेपाली कांग्रेसका १५ जना, एमालेका ९ जना, माओवादी केन्द्रका आठ जना र जसपाका ३ जना वडाअध्यक्ष पदका उम्मेदवारहरू दुई मतान्तरले पराजित हुन पुगे । दुई मतले पराजित हुने सबै पुरुष उम्मेदवार हुन् । मधेस प्रदेशमा ८ जना, कर्णाली र प्रदेश १ मा ६/६ जना, गण्डकी र बागमती प्रदेशमा ४/४ जना र लुम्बिनी प्रदेशमा ३ जनाले दुई मतान्तरले पराजय भोग्नुपर्यो ।
तीन मतले हार्ने ३७ जना
नेपाली कांग्रेसका १३ जना एमालेका १२ जना माओवादी केन्द्रका ६ जना, एकीकृत समाजवादीका ३ जना, जसपा नागरिक उन्मुक्ति पार्टी र लोसपाका १/१ जना उम्मेदवारहरू वडाअध्यक्ष पदमा तीन मतको अन्तरले पराजित भए । यसरी पराजित हुने ३७ जनामध्ये खोटाङको ऐसेलुखर्क गाउँपालिका-४ मा एमालेकी उम्मेदवार निलु थुलुङ राई एकमात्र महिला उम्मेदवार हुन् ।
२४ जना उम्मेदवार चार मतको अन्तरले पराजित भए । तीमध्ये दुईजना महिला उम्मेदवार हुन् । ताप्लेजुङको सिरीजङ्घा-३ मा एमालेकी कुमारी सावादेन कांग्रेसका दिलप्रसाद वोखिमसँग चार मतको अन्तरले पराजित हुन पुगिन् ।
पाँच मतको अन्तरले पराजित हुने उम्मेदवारहरूको सङ्ख्या ३१ रहेको छ । नेपाली कांग्रेसका १५, एमालेबाट एक महिलासहित आठ जना, माओवादी केन्द्रका तीन र जसपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, राप्रपाका १/१ जना पाँच मतको अन्तरले वडाअध्यक्षमा पराजित हुन पुगे ।
सुदूरपश्चिम प्रदेशको बझाङ जिल्लाको थलारा गाउँपालिका-४ मा एमालेकी उम्मेदवार मेन्का कुमारी धामी (साउद) पाँच मतको अन्तरले पराजित भइन् । उनले ३५२ मत पाउँदा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र जोशीले ३५७ मत पाए ।
सिंगल डिजिट (९ वा सोभन्दा कम) मतान्तरले सो पदमा पराजय भोगेका उम्मेदवारहरूको सङ्ख्या ३२३ रहेको छ । यीमध्ये महिलाको सङ्ख्या नौ छ भने पुरुषको सङ्ख्या ३१४ रहेको छ ।*केटिएमदैनिकबाट

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
