- Loading...
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीले दिने जबाफमा एमाले सहभागी नहुने
- पुनहिल डट कम
- २ साल अघि
- ४१९ पटक पढिएको

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले प्रतिनिधिसभा बैठकमा अर्थमन्त्रीको जबाफमा सहभागी नहुने भएको छ।
प्रतिनिधि सभामा जारी बजेट माथिको छलफलमा आज अर्थमन्त्री जनार्दन शर्मासहित अन्य मन्त्रीले जबाफ दिने कार्यसूची छ। तर, एमालेले अर्थ मन्त्रालयबाहिरका व्यक्तिलाई प्रवेश गराएर अर्थमन्त्रीले बजेटमा राजश्वको दरहरु परिवर्तन गरेको विषयमा स्पष्टीकरण नआएसम्म अर्थमन्त्रीको जबाफ नसुन्ने स्पष्ट पारेको हो।
आज बैठक सुरु भएलगत्तै एमालेका तर्फबाट पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले बजेटको विषय राष्ट्रिय सुरक्षाजत्तिकै गोपनीय विषय भएको बताए। ‘तर बजेट त्यस किसिमको लापरबाही गर्ने व्यक्ति अर्थमन्त्री पदमा बस्न मिल्दैन’, उनले भने।
लगत्तै एमाले सांसदहरुले आफ्नो स्थानबाट उभिएर विरोध जनाएका थिए। एमाले सांसदहरु उभिएपछि सभामुख अग्नि सापकोटाले एमालेका प्रमुख सचेतक विशाल भट्टराईलाई समय दिएका थिए।
भट्टराईले प्रतिनिधिसभाको कार्यसूचीबाट अर्थमन्त्रीले जबाफ दिने विषय हटाउन सभामुखलाई आग्रह गरे। ‘मन्त्रीको काम कारवाहीमा यत्रो प्रश्न उठेपछि हामी उहाँको जबाफ सुन्न र छलफलका लागि विल्कुल तयार छैनौँँ’, भट्टराईले भने, ‘कार्यसूचीबाट अर्थ मन्त्रालयको जबाफ दिने विषय हटेपछि मात्र हामी छलफल गर्न तयार छौँ।’
एमाले सांसदहरुले दोस्रो पटक उभिएर विरोध जनाएपछि सभामुख सापकोटाले ध्यानाकर्षण भएको बताए। उनले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे।
एमाले सांसदहरु आज अर्थमन्त्रीको जबाफ दिने कार्यक्रम हटाउने सर्तमा संसद सुरु गराउन सहमत भएका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
