FLASH NEWS
  • Loading...

म्याग्दीबासीलाई बुकुमा लगानी गर्न आग्रह

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३० पटक पढिएको
म्याग्दीबासीलाई बुकुमा लगानी गर्न आग्रह

सोलुखुम्बु, रामेछापको सीमावर्ती ओखलढुङ्गाको खिजीडेम्बा गाउँपालिका, ७ मा पर्ने राओडोरुमा निर्माण हुन लागेको ६ मेगावाट क्षमताको बुकुखोला जलविधुत आयोजनामा संस्थापक शेयर लगानी गर्न म्याग्दीबासीलाई आग्रह गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महाँसघका पूर्व उपाध्यक्ष ब्यवसायी प्रमोद श्रेष्ठ, नारायणवावु अधिकारीसमेत संञ्चालक रहेको एपोलो हाईड्रोपावर कम्पनीले निर्माण गर्ने बुकुखोला जविआमा लगानीको अवसर रहेको कम्पनीले जनाएको छ ।
१ अर्व १० करोड लागत अनुमान गरिएको आयोजनामा सिभिल वंैकको ७० प्रतिशत र बाँकी ३० प्रतिशत लगानीकर्ताको रहने छ । सोही लगानीकर्ताको ३० प्रतिशतको ५० प्रतिशत रकम जुटाउन संस्थापक शेयर लगानी आह्वान गरिएको हो ।
‘घलेम्दीबाट सिकेको पाठ र अनुभव लिएर पूर्वमा अर्को मझौला खालको जलविुधत आयोजना निर्माण थालेका छौं । जोखिमकम, छिटो निर्माण सकिने र चाँडै प्रतिफल आउने संभावनायुक्त आयोजना रहेकोले ढुक्कले लगानी गर्न सकिन्छ’ आयोजनाका संञ्चाचलक प्रमोद श्रेष्ठले भने, ‘लगानी गरेको ५ बर्षपछि नै राम्रो प्रतिफल दिने गरी योजना अगाडी बढाएका छौं । आयोजना नजिक टाढा भन्दाबढी प्रतिफल दिन सक्ने छ कि छैन हेर्न आवश्यक हुन्छ ।’
आयोजनाले १३ किमी लामो पहुँच मार्ग निर्माण गरी जग्गा अधिकरण प्रकृयामा रहेको र दशैंपछि आयोजनाको निर्माण सुरु गरी दुई वर्षमा निर्माण पुरा गर्ने लक्ष्य रहेको छ । आयोजनामा टनेल नर्भ बाँधबाट पावरहाउससम्म २ किलोमिटर लामो पेनस्टक पाईपबाट पानी ल्याई २ सय ७२ मिटर हेडबाट खसाल्ने भएकोले प्रतिफलपनि राम्रो आउने कम्पनीले दावी गरेको छ । आयोजनाबाट उत्पादित विधुत चिलिमे प्रशारण लाईनमा जोड्ने लक्ष्य रहेको छ ।