FLASH NEWS
  • Loading...

म्याग्दीकाे गलेश्वरमा ‘एक विद्यालय दुई शैक्षिक पद्धती’

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५११ पटक पढिएको
म्याग्दीकाे गलेश्वरमा ‘एक विद्यालय दुई शैक्षिक पद्धती’

म्याग्दीकाे एक विद्यालयमा दुई फरक शैक्षिक पद्धती अनुसार अध्ययन/अध्यापन हुने गरेको छ ।
बेनी नगरपालिका, ९ गलेश्वर स्थित जडभरत शालग्राम संस्कृति माध्यामिक विद्यालयमा सामुदायीक विद्यालयमा ‘एक विद्यालय दुई शैक्षिक पद्धती’ अनुरुप नेपाली शैक्षिक पद्धती र गुरुकुल शैक्षिक पद्धती अवलम्बन गरिएको छ ।
संस्कृत भाषा तथा हिन्दु कर्मकाण्ड अध्ययनरत वटुकहरुलाई आधुनिक अँग्रेजी शिक्षा दिलाउने उद्देश्यले एउटै विद्यालयमा दुई खाले शैक्षिक पद्धती अवलम्बन गरिएको हो । विद्यालयले संस्कृत पढ्ने र अन्य विद्यार्थीलाई छुट्टाछुट्टै भवनमा राखेर अध्यापन गराउँने गरेको छ । अंग्रेजी र गणितसमेतका आधुनिक विषय थप भएप्छि संस्कृति पढ्न चाहने वटुकको संख्या पनि ह्वात्तै बढेको विद्यालयले जनाएको छ ।
बेनी नगरपालिका, ९ गलेश्वरधाममा ०२५ सालमा स्थापना भै ०३३ सालदेखी निरन्तर गुरुकुल पद्धती अनुसार नियमित सञ्चालित शालग्राम गण्डकी संस्कृत वेदविद्यालयमा माओवादी द्वन्द्वकालमा संस्कृत पढ्ने घटेपछि वन्द भएको थियो । ०७४ सालमा गण्डकी शालग्राम संस्कृति विद्यालयलाई स्थानीय जडभरत आधारभुत विद्यालयसँग मर्ज गरी संस्कृत पढ्न चाहने विद्यार्थीलाई छुट्टै ब्लकमा अँग्रेजी, गणित, नेपाली र सामाजिक विषय थपेर अध्यापन थालिएको हो । संस्कृत विषय मात्र पढ्ने विद्यार्थीको आकर्षण घट्दै गएप्छि विद्यार्थी र अभिभावकको माग अनुसार आधुनिक अँग्रेजी, गणित समेत थप गरी अध्यापन थालिएको हो ।
‘संस्कृत तर्फका विद्यार्थीलाई ६ कक्षासम्म अँग्रेजी मात्र र ६–१० कक्षासम्म भने अँग्रेजी, गणित, नेपाली र सामाजिक विषय संस्कृत ब्लकमै आएर पढाउछौं’ जडभरत शालग्राम संस्कृति माध्यामिक विद्यालयकी अंग्रेजी शिक्षक सुजता रेग्मीले भनिन, ‘सुरुमा ५ जना विद्यार्थीलाई ६ र ७ कक्षामा राखेर पढाई सुरु गरेका थियौं । अहिले संस्कृत तर्फ नै २५ जना पुगेका छन ।’
विद्यालयको संस्कृत तर्फ नेपाल वेद विद्याश्रमले तयार पारेको पाठ्यक्रम अनुसार कक्षा ६–८ सम्म संस्कृत भाषा, संस्कृत ब्याकरण, वेद, कर्मकाण्ड विषयमा अँग्रेजी, गणित, नेपाली र सामाजिक विषय थपेर पढाई हुन्छ । कक्षा ९ र १० मा भने संस्कृत भाषा, संस्कृत ब्याकरण, वेद बाहेक ज्योतिष (फलित ज्योतिष) विज्ञान अध्ययन गरिन्छ । संस्कृत तर्फका विद्यार्थीहरुको अन्य विद्यार्थीहरुको जस्तो पोसाक हुँदैन । गुरुकुल पद्धती अनुसार गुरुहरुसँग विद्यालयमै बसेर गेरुवस्त्र धारण गरी अध्ययन/अध्यापन गर्ने गरेका छन ।
विद्यालयको नेपाली ब्लक तर्फ सरकारी दरवन्दीका शिक्षक कार्यरत छन । संस्कृत ब्लक तर्फ अध्यापन गराउने शिक्षकको तवलभत्ता भने गलेश्वरधाम मन्दीर मातहतको गलेश्वरधाम क्षेत्र विकास कोष मार्फत महर्षी बैद्धिक फाउण्डेसन काठमाण्डौले ब्यवस्था गर्दै आएको छ । संस्कृत विद्यालयका वटुकहरुले दैनिक ‘रुद्राभिषेक पाठ’ गरे वापत शिक्षक तलवमा मासिक ५५ हजार र छुट्टै एक जना ध्यान शिक्षककालागी मासिक २२ हजार अनुदान दिंदै आएको छ ।
विद्यालयमा अहिले ११ जना शिक्षक/शिक्षिका कार्यरत छन । यी मध्य ४ जना संस्कृत तर्फका शिक्षक हुन । सामुदायीक तर्फका शिक्षकहरुले सरकारी दरवन्दी अनुसारको सेवा सुविधा पाउँछन । उही विद्यालयमा संस्कृत तर्फ पढाउने शिक्षकहरुले भने निजी श्रोतबाट दरवन्दीको तलवमानभन्दा झण्डै आधा १५ हजार मासिक तलव पाउने गरेका छन ।
‘संस्कृत गुरुकुल तर्फ हामी चार जना शिक्षक छौं । निजी संस्थाले मन्दीर मार्फत केही सहयोग पठाउने गरेको छ । तलव मानको आधा पारिश्रमिक लिएर पनि संस्कृत भाषा र सभ्यता संरक्षणकालागी चित्त बुझाएका छौं’ विद्यालयका संस्कृत ब्लकका संयोजक चिरिन्जीवि आचार्यले भने, ‘प्राचिन संस्कृत भाषा, ब्याकरण, कर्मकाण्ड र ज्योतिष विद्यासँगै हाम्रा विद्यार्थी अव आधुनिक अँग्रेजी शिक्षाबाट पनि दिक्षित भएकोले विश्व वजारमा हाम्रो उपस्थिती बलियो बन्ने छ ।’
विद्यालयले संस्कृत, कर्मकाण्ड र ज्योतिष विज्ञानलाई एच्छिक विषयको रुपमा सवै जाति र लिङ्गका विद्यार्थीले पढन पाउने बताएपनि हालसम्म यस विद्यालयमा एक जना पनि ब्रामण पुरुष बाहेक अन्य जाति र लिङ्गका विद्यार्थीले पढेका भने छैनन ।
‘संस्कृत पढ्न रोक कसैलाई पनि छैन । तर ब्रामण बाहेक अन्य जातिका विद्यार्थी संस्कृत पढ्न आएका छैनन’ संयोजक आचार्यले भने, ‘गुरुकुल शिक्षण पद्धतीले गर्दा केही कठिनाई भएको हुन सक्छ ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल