Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

मालिका गाउँपालिकाले भत्कायाे गुणस्तरहीन तटवन्ध

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४२८ पटक पढिएको
मालिका गाउँपालिकाले भत्कायाे गुणस्तरहीन तटवन्ध

|kmf]6f] M DofUbLsf] dflnsf ufp“kflnsf, ^ df kg]{ kflnsf s]Gb| /x]sf] b/jfªjhf/ ;+/If0fsfnfuL nufOPsf] u'0f:t/xLg cf/l;;L t6jGwsf] s]xL efu . kflnsfn] u'0f:t/Lo sfd ePsf] # ld6/ j|]s/ nufP/ eTsfPO{ k'gM 7]sbf/nfO{ jfn nufpg nufPsf] 5 . t:jL/ M sflGtk'/

मालिका गाउँपालिका, ६ मा पर्ने पालिका केन्द्र रहेको दरवाङवजार संरक्षणकालागी लगाइएको आरसिसी तटवन्धको काम गुणस्तरहीन देखिएपछि गाउँपालिकाले व्रेकर लगाएर भत्काएको छ ।
जिल्लाको दोस्रो ठूलो ब्यापारिक बजार दरवाङको पश्चिम किनारामा म्याग्दी नदी किनारामा निर्माणाधिन पक्की आरसिसि वालको ढलान गर्दा ठूला ढुङ्गाराखी गिटीको साईज मापदण्ड पुरा नगरेको, तोकिएको सिमेन्ट, वालुवा र गिटीको मात्र नपुर्‍याएको भन्दै गाउँपालिकाले तीन मिटरबढी वाल व्रेकर लगाएर भत्काएको हो ।
‘दरवाङ संरक्षण गर्न सुरु गरिएको आरसिसि पक्की ढलान वाल निर्माणमा ठेकदारले समयमै काम नगर्ने मात्र होईन, गुणस्तर कायम नगरी चरम लापरवाही गरेको, गम्भीर त्रुटी गरेको भेटिएपछि त्रुटीपूर्ण ढलानयुक्त पर्खाल भत्काएका छौं’ मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लेले भने, ‘ठेकदारले गल्ती स्वीकार गरी त्रुटी सच्याउन तत्पर भै कार्यस्थलमा परिचालन भएकोले ठेक्का सम्झौता भङ्गगरी कार्वाही गर्ने निर्णय भने स्थगित गरेका छौं ।’
म्याग्दी खोलाबाट दरवाङ बजारमा बर्षेनी गर्ने कटान रोक्न गाउँपालिकाले एक वर्ष अघि ०७८ वैशाख १० गते म्याग्दीकै रघुगंगा गाउँपालिका, ३ को हिमालय विल्डर्स एण्ड सप्लायर्सलाई ५६ लाख रुपैयाँमा ठेक्का आरसिसि वाल लगाउन ठेक्का दिएको थियो । दरवाङ बजार संरक्षण गर्न हिमालय विल्डर्स एण्ड सप्लायर्सले म्याग्दी नदी किनारामा ४२ मिटर लामो र ७ मिटर अग्लो आरसिसि वाल निर्माण गर्न गत वर्ष नै ठेक्का लिएको भएपनि यस वर्ष मात्र काम थालेको थियो ।

पछिल्लो २१ बर्षयता दरवाङ बजार संरक्षण गर्न बर्षेनी हिउँदमा तटवन्ध गर्ने र बर्खाको भेलले बगाउने गरेको छ । ०५८ साल भदौ ३ गते म्याग्दी खोलामा आएको बाढीले जनप्रीय माध्यामिक विद्यालयको भवन समेत बजारको धेरै भाग कटान गरेपछि सुरु भएको ग्याभिन तटवन्ध बर्षेनी हिउँदमा निर्माण गऱ्यो, साउन/भदौको भेलले बगाउने समस्या दोहोरिने गरेको छ ।
साविक जिविस/गाविस, भु संरक्षण कार्यालय र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय, साँसद क्षेत्र विकास कोष समेत विभिन्न निकायले ग्याभिन जालीको तटवन्ध लगाएका थिए । पछिल्ला ३ अघि गाउँपालिकाले ३३ लाखबाट मेसिनरी वालको तटवन्ध सुरु गरेको हो । अघिल्लो वर्ष संघिय साँसदको निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम अन्र्तगत २५ लाख तथा स्थानीय गाउँपालिकाको ५५ लाख लागतमा उपभोक्ता समिति मार्फत ६० मिटर तटवन्ध निर्माण भएको थियो । यो तटवन्धको केही भाग बाढीले बताएको छ ।
‘०५८ सालमा विद्यालय समेत बगाउने गरी म्याग्दी खोलाले कटान गरेपछि यो स्थानमा बर्षेनी तटवन्ध लगायो, बर्खाको बाढीले बगाउने गरेको छ । बालुवामा पानी खन्याए जस्तै बर्षेनी हिउँमा लाखौं रुपैयाले छेक्यो, बर्खा बाढीले बगाउँछ’ मालिका गाउँपालिका बेगप्रसाद गर्वुजाले भने, ‘अहिले गुणस्तरहीन काम भएको च्यानेज पनि अघिल्लो वर्षको ठेक्का हो ।’
मेसिनरी वालपनि गत बर्खाको बाढीले बगाएपछि अहिले दरवाङ बजार संरक्षण गर्न सुरु गरिएको आरसिसी पक्की तटवन्ध गर्ने काम असारमा धमाधम गरिदैछ । पक्की आरसिसी वाल लगाउन भैरहेको ग्याभिन जालीको तटवन्ध भत्काएको र नयाँ आरसिसी वाल लगाउने काममा ठेकदारले ढिलाई र पछिल्लो पटक त्रुटी गर्दा भत्काउनु परेकोले कटानको जोखिम बढेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल