- Loading...
प्रअदेखि कार्यालय सहयोगीसम्म एकै परिवारका
- पुनहिल डट कम
- २ साल अघि
- २४४ पटक पढिएको

रौतहटको जिल्ला सदरमुकाम गौरमा एउटा सरकारी विद्यालयमा सबै कर्मचारी एकै परिवारका छन्। श्रीमती प्रधानाध्यापिका छन् भने श्रीमान् कार्यालय सहयोगी‚ देउरानी राहत शिक्षिका छन् त भाउजू बाल शिक्षिका र ससुरा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।
२०६३ सालमा स्थापित उक्त विद्यालयको व्यवस्थापन समितिका अध्यक्षमा रामेश्वर यादव, प्रधानाध्यापिकामा उनकी बुहारी सावित्री यादव, बालविकास शिक्षिकामा अर्की बुहारी जयमाला यादव, राहत शिक्षिकामा नातिनी निक्की यादव र कार्यालय सहयोगीमा छोरा अशोक यादव रहेका छन्।
त्यस्तै, कार्यालय सहयोगी अशोक यादव प्रधानाध्यापिका सावित्रीका श्रीमान हुन्। विगत १५ वर्षदेखि पारिवारिक विद्यालयको रूपमा स्थापना गरी सरकारबाट पाउने सेवा सुविधा उपभोग गर्दै आएकाे गौर नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख शम्भु साहले आफ्नो नगरपालिकामा रहेका सामुदायिक विद्यालय अनुगमन गर्दा यस्तो रहस्य खुलासा भएको हो। गौर-६ टिकुलिया ठेगाना राखिएको उक्त विद्यालय गौर-४ मा सञ्चालनमा रहेको भेटिएको छ।
सदरमुकाममै रहेको उक्त विद्यालय विगत १५ वर्षदेखि सञ्चालनमा रहेको छ। विद्यार्थी संख्या न्यून रहेको उक्त विद्यालयविरुद्ध गौर नगरपालिकाले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
बाल कक्षादेखि लिएर कक्षा ६ सम्मको अध्यापन गर्न मिल्ने उक्त विद्यालयबारे स्थानीय बासिन्दाबाट जानकारी पाउनासाथ मेयर साह सहितको टोलीले स्थलगत अनुगमन गरेको थियो। अनुगमन गर्दा शिशु कक्षादेखि ६ कक्षासम्मका २४ जना विद्यार्थी एउटै कोठामा राखेर पढाइरहेको भेटिएको नगर प्रमुख साहले जानकारी दिए।
विद्यालयमा कति जना विद्यार्थी अध्ययनरत छन्, त्यसको रेकर्ड, एकै परिवारका सदस्य शिक्षकदेखि कार्यालय सहयोगीसम्म के कति कारणले राखिएको हो? विद्यालयको अवस्थामा किन सुधार आएन? लामो समयदेखि सञ्चालनमा रहँदा त्यहाँ समुचित रूपमा खानेपानी र शौचालयको सुविधा किन नरहेको भन्दै नगरपालिकाले प्रधानाध्यापिका सावित्रीसँग स्पष्टीकरण सोधिएको नगर प्रमुख साहले बताए।*याे समाचार थाहाखवरमा छ ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
