FLASH NEWS
  • Loading...

मुदीमा निःशुल्क आँखा शिविरः दुइ सय १८ विरामीले सेवा पाए

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३१ पटक पढिएको
मुदीमा निःशुल्क आँखा शिविरः दुइ सय १८ विरामीले सेवा पाए

म्याग्दीको धवलागिरी गाउँपालिका–४ मुदीमा आयोजित निःशुल्क आँखा उपचार शिविरबाट २ सय बढी लाभान्वित बनेका छन् ।

नेपाल नेत्रज्योती संघ म्याग्दीको आयोजना, मोना आईईसी, मोना अष्ट्रेलियाको सह–आयोजामा भएको शिविरमा २१८ जनाको परीक्षण गरिएकोमा ३ जनामा मोतियाबिन्दुको समस्या पहिचान भएको थियो ।

शिविरमा १०१ बर्षिया हस्तिका पुनको परीक्षण गरी शिविरको उद्घाटन गरिएको थियो ।

शिविरमा नेत्र ज्योति सङ्घ म्याग्दीका नेत्र अधिकृत दिनेश बानियाँ नेतृत्वको स्वास्थयकर्मीको टोलीले आँखा परीक्षण गरेका थिए ।

सोही अवसरमा मोना आईईसीका पूर्व अध्यक्ष चक्रबहादुर थापाले प्रवासमा रहेका म्याग्देलीबाट जिल्लामा शिक्षा, स्वास्थ्य सहित विभिन्न गतिविधिमा नियमित सहयोग गर्ने गरेको बताए । 

शिविरमा वितरण गरिएको औषधी, चस्मा सहित आवश्यक खर्च अष्ट्रेलियामा रहेका दिपक भण्डारीले आर्थिक सहयोग गरेकाे नेत्रज्योती संघका अध्यक्ष अमर बानियाँले बताए ।