आज:  | Sun, 03, Jul, 2022

महिला भलिबल कप्तान अरूणा शाही नेदरल्यान्ड्समा भलिवल प्रशिक्षण लिँदै

२२ जेष्ठ २०७९, आईतवार २१:२२ मा प्रकाशित (3 हप्ता अघि)
पुनहिल संवाददाता

पाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीले नेदरल्यान्ड्समा प्रशिक्षण सुरु गरेकी छिन्।

नेपाल भलिबल संघले कप्तान अरुणाले प्रशिक्षण सुरु गरेको जनाएको छ । शाहीले अाफु भलिवल प्रशिक्षणमा सहभागी भएकाे तस्वीर अाफ्नाे फेसवुकमा तस्वीर पाेष्टगरी जानकारी दिएकी छिन ।

भलिबल संघको पहल र नेदरल्यान्ड्स भलिबल संघको निमन्त्रणामा अरुणा नेदरल्यान्ड्स गएकी हुन् ।  

अरुणाले नेदरल्यान्ड्समा ३५ दिनको प्रशिक्षण लिने छिन् ।

अरुणाको कप्तानीमा नेपालले लगातार दुई पटक एभिसी एसियन सेन्ट्रल जोनको उपाधि जितेको छ ।  

यस्तै १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले रजत पदक जितेको थियो ।