- Loading...
सूर्यनारायण पुरस्कार श्रेष्ठद्वयलाई
- पुनहिल डट कम
- २ साल अघि
- ३७९ पटक पढिएको

बेनीका सूर्यनारायण श्रेष्ठको नाममा परिवारले स्थापना गरेको सूर्यनारायण पुरस्कार संस्थाले यस वर्षको पुरस्कार कलाकारद्वय बेनीका तुलप्रसाद श्रेष्ठ र प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरेको छ ।
लोकसंस्कृति। कला र साहित्यको क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिलाई प्रत्यक दुई वर्षमा प्रदान गरिदै आएको सूर्यनारायण पुरस्कारको १६ औं संस्करण (०७६) बेनीका कला साधक तुलप्रसाद श्रेष्ठलाई र १७ औं स्ंस्करण (०७८) अर्का संस्कृति संरक्षक तथा लोककला साधक प्रकाशकुमार श्रेष्ठलाई प्रदान गरिएको हो ।
शनिवार बेनीमा आयोजित एक कार्यक्रमका विच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले पुरस्कृत श्रेष्ठद्वयलाई जनही २०–२० हजार नगद, कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रगतीवादी रुझान भएका हार्मोनियम, तवला, मादल, मुचुङ्गा, मुरली वादन समेत लोकगायन तथा नाट्यर्की सूर्यनारायण श्रेष्ठको विस १९८५ कात्तिक ११ गते बेनीमा जन्मिएका थिए । ०४७ साउन २२ गते बेनीमा देहवसान भएका श्रेष्ठको स्मृतिमा परिवारले ०४८ सालमा पुरस्कार संस्था स्थापना गरेका थिए ।
पुरस्कार वितरण समारोहमा पुरस्कृतद्वय ८३ बर्षिय तुलप्रसाद श्रेष्ठ र प्रकाश श्रेष्ठ (६५)ले आ–आफ्ना गीत, भजन गाएका थिए । कार्यक्रमका वक्ताहरुले स्व.सूर्यनारयणले गरिवीका विच पनि कसरी लोकसंस्कृति र वाद्यवाधनको साधना गरे, समाज परिवर्तनकालागी कसरी क्रान्तिकारी विचार प्रवाह गरे चर्चा गरेका थिए ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
