Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

गर्भवती महिलाहरूको प्रतियोगिता, २२ इन्चको पेटले जित्यो उपाधि

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ५४० पटक पढिएको
गर्भवती महिलाहरूको प्रतियोगिता, २२ इन्चको पेटले जित्यो उपाधि

हाम्रो देशमा गर्भवती महिलाले गर्भावस्थाको समयमा बेबी बम्प देखाउनु राम्रो मानिँदैन । तर आज हामी तपाईलाई एउटा यस्तो देशको बारेमा बताउन गइरहेका छौँ जहाँ बेबी बम्पको अनौठो प्रतिस्पर्धा छ ।

यो देशको नाम निकारागुआ हो। यस प्रतियोगितामा गर्भवती महिलाको बेबी बम्पको साइज नाप्ने र जसको बेबी बम्प सबैभन्दा ठूलो छ, उनलाई प्रतियोगिताको विजेता घोषित गरी धेरै उपहार पनि दिइन्छ ।

मध्य अमेरिकाको सबैभन्दा ठूलो देश निकारागुआको राजधानी मानागुवामा सोमबार एक प्रतियोगिता भयाे । जसमा गर्भवती महिलाले भाग लिएका थिए । निकारागुआमा सोमबार आमाको मुख हेर्ने दिन मनाइयो। यस अवसरमा गर्भवती महिलाहरुका लागि प्रतियोगिता आयोजना गरिएको थियो ।

यस प्रतियोगितासँग सम्बन्धित एउटा भिडियो हालै रोयटर्सले ट्विटरमा शेयर गरेको छ । यस भिडियोमा तीनजना महिला स्टेजमा उभिएर आफ्नो बेबी बम्प देखाउँदै छन् । त्यसपछि यस कार्यक्रमको संयोजकले महिलाको बेबी बम्पको साइज नापे। यसो गर्दा वरपर बसेका मानिसहरूले खुसीसाथ ताली बजाइरहेका छन्। संयोजकले महिलालाई विजेता घोषित गर्दै धेरै उपहार दिए। प्रतियोगितामा १९ गर्भवती महिलाले भाग लिएका थिए ।

यो प्रतियोगिता लिला रेबेका हर्नान्डेज नामकी महिलाले जितिन् । लिलाको गर्भावस्थाको ९ औं महिना चलिरहेको छ । प्रतियोगितामा लिलाले सबैभन्दा ठूलो बेबी बम्पको उपाधि जितेकी थिइन् । ईएसी न्यूजका अनुसार लिलाको बेबी बम्पको साइज ५७ सेन्टिमिटर (२२ इन्च) मापन गरिएको थियो। प्रतियोगिताको विजेता घोषित भएपछि लिलालाई फ्रिज, बेबी प्रोडक्ट र ५ हजार कर्डोबा (लगभग १७ हजार रुपैयाँ) उपहार स्वरुप दिइएको थियो ।

रोयटर्ससँग कुरा गर्दै हर्नान्डेजले भनिन्, ‘मेरा सबै साथीहरूले मलाई यस प्रतियोगितामा भाग लिन आग्रह गरे किनभने उनीहरूले मेरो बेबी बम्प धेरै ठूलो छ भन्ने सोचेका थिए। सबैले म जित्न सक्छु भन्थे, त्यसैले उनीहरुकै आग्रहमा मैले यो प्रतियोगितामा भाग लिएँ र उनीहरुले भनेजस्तै भयो ।’ *एजेन्सीहरू

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल