FLASH NEWS
  • Loading...

परिक्षा हलबाट निक्लेपछि म्याग्दीकी एक छात्राले गरिन आत्महत्या

  • पुनहिल डट कम
  • १ साल अघि
  • ३१३ पटक पढिएको
परिक्षा हलबाट निक्लेपछि म्याग्दीकी एक छात्राले गरिन आत्महत्या

यहाँकी एक छात्राले कक्षा १२ को परिक्षा दिएर डेरामा पुगेपछि विष सेवन गरी आत्महत्या गरेकी छिन । उनले लगातार परिक्षा विग्रेपछि तनावमा अाइ अात्महत्या गरेकाे अनुमान गरिएकाे छ ।
बेनी नगरपालिका, ९ तोरीपानी स्थित गलेश्वर माध्यामिक विद्यालयबाट शिक्षाशास्त्र संकायमा कक्षा १२ को परिक्षामा सहभागी गौरी बरुवालले परिक्षा विग्रेपछि आवेगमा विष सेवन गरेको र उपचारक्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
‘परिक्षा हलबाट डेरामा फर्केपछि विष सेवन गरेको र बेनी अस्पतालबाट पोखरा रिफर भएकोमा पोखराको मणीपाल शिक्षण अस्पतालमै उपचारक्रममा मंगलवार राती मृत्यु भएको हो । उनले सेवन गरेको विषको डिब्बाहरु सवै अस्पतालमा सुरक्षित छ’ जिल्ला प्रहरी प्रमुख डिएसपी तिलक भारतीले भने, ‘मणीपाल अस्पतालमै पोष्टमार्टम पछि शव जिल्लामै ल्याउने तयारी भैरहेको छ ।’
जेठ १६ गते पहिलो दिन अंग्रेजी विषयको परिक्षा विग्रेपछि मानसिक तनावमा रहेकी ति छात्राले मंगलवारको नेपाली विषयको समेत परिक्षा राम्रो नभएपछि डेरामा फर्केर मुसा मार्ने विष सेवन गरेकाे बताइएकाे छ । वरुवालले सदरमुकामको बेनी सामुदायीक माविको हल नं ३ मा बसेर परिक्षा दिइरहेकी गलेश्वर माविका शिक्षक हरी सुवेदीले बताए । 
विष सेवन गरेको थाहा भएपछि आफन्तले उनलाई तत्काल बेनी अस्पताल पुर्‍याएका थिए । अस्पतालले प्राथमिक उपचारपछि थप उपचारकालागी पोखरा स्थित मणीपाल शिक्षण अस्पताल पोखरा रिफर गरेको थियो । छात्राको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
‘विरामी दिउँसो २ बजे अस्पताल ल्याइएको हो । केति बेला विष खाएको हो खुलेन । अस्पताल आउँदा ९५ प्रतिशत अक्सिजन थियो, विपी केही लो थियो । हामीले क्यान खोलेर स्लाईन चढाई, पिसाव पाईप लगाएर रिफर गरेका हौं’ बेनी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जीतेन्द्र कंडेलले भने, ‘हामीसँग आईसियु नभएकोले विरामीलाई पोखरा रिफर गर्नु परेको हो ।’