FLASH NEWS
  • Loading...

एमाले बेनी नगर कमिटीले गर्याे अाफ्ना जनप्रतिनिधीलाई सम्मान

  • पुनहिल डट कम
  • २ साल अघि
  • २४२ पटक पढिएको
एमाले बेनी नगर कमिटीले गर्याे अाफ्ना जनप्रतिनिधीलाई सम्मान

नेकपा एमाले बेनी नगर कमिटीले स्थानीय तह निर्वाचन ०७९ मा बेनी नगरपालिकामा नेकपा एमालेको तर्फबाट उम्मदेवार भै विजयी भएका जनप्रतिनिधीहरुलाई एक कार्यक्रमका विच बधाई तथा शुभ कामना दिएको छ ।
पाँच दलिय घेरावन्दीलाई चिर्दै एमालेको तर्फबाट जननिर्वाचित भएकोमा बेनी नगरप्रमुख सुरत केसी समेत सवै वडाका वडाध्यक्ष, दलित, महिला तथा खुल्ला सदस्यहरुलाई बधाई एवं शुभ कामना दिएको एमाले बेनी नगरकमिटीले जनाएको छ ।
बेनी नगर कमिटीका अध्यक्ष नारायण जिसीका अनुसार एमाले जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा जनप्रतिनिधीहरुलाई बधाईसँगै एमालेको घोषणापत्र, निती कार्यक्रम र जनतासँग चुनावमा गरेका वाचा नर्विसिन समेत सचेत गराईएको थियो ।
सो अवसरमा कमिटीले चौतर्फी आक्रमण र घेरावन्दीको सामना गर्दै एमालेका सूर्यवाहक उम्मेदवारलाई विजयी गएका निर्वाचन परिचालन कमिटीका संयोजक, सदस्यहरु र जिल्ला कमिटीका अध्यक्ष एवं पूर्व अध्यक्षलाई पनि मायाँको चिनोले सम्मान गरिएको थियो ।