Advertisement
SKIP THIS
FLASH NEWS
  • Loading...

म्याग्दीमा याेजना निर्माण ठप्प, जेठ १५ सम्म १९ प्रतिशत मात्र पुँजीगत खर्च

  • पुनहिल डट कम
  • ३ साल अघि
  • ४८२ पटक पढिएको
म्याग्दीमा याेजना निर्माण ठप्प, जेठ १५ सम्म १९ प्रतिशत मात्र पुँजीगत खर्च

इन्धन तथा निर्माण सामाग्रीको अप्रत्यासित र अत्याधिक मुल्य बृद्धी भएको भन्दै निर्माण ब्यवसायी ‘कन्ट्रक्सन होलीडे’ मा बस्दा जिल्लाका सवै पूर्वाधार निर्माणका काम ठप्प भएका छन ।
नेपाल निर्माण ब्यवसायी महाँसघको आह्वानमा ‘अप्रत्यासित र अत्याधिक मुल्यबृद्धी भएकोले मुख्यवृद्धी सम्बोधन’ नभएसम्म भन्दै ब्यवसायीले निर्माण रोकेका हुन । संघीय तथा प्रदेश सरकार मातहत टेण्डर भएका सडक, खानेपानी, भवन, पुल आदी क्षेत्रका निर्माण रोकिएका छन ।
डिजेल, विटुमीन, पेट्रोल, ग्याँस जस्ता पेट्रोलियम पदार्थ, जस्तापाता, ग्यावीनतार, छड समेतका फलामजन्य निर्माण सामाग्री र सीमेन्टको मुख्य अत्याधिक बढेको संघले दावी गरेको छ ।
‘संघ/प्रदेशबाट ठेक्का लागेका र जिल्ला बाहिरका निर्माण ब्यवसायी कन्ट्रक्सन होलीडेमा बसेपछि ठूला योजनाहरु सवै ठप्प छन’ निर्माण ब्यवसायी सघ म्याग्दीका अध्यक्ष नारायण जिसीले भने, ‘सामाजिक दवाव थेग्न नसक्ने अवस्था भएकोले स्थानीय/जिल्लाका साना निर्माण ब्यवसायले भने थेग्न सक्नेसम्म घाटा सहेर पनि सानातिना काम गरीरहेका छन ।’
कोष तथा लेखा नियन्त्रण कार्यालय म्याग्दीका अनुसार संघ मातहतका १२ वटा कार्यालयको ५४ करोड, २० लाख ८३ हजार पुँजीगत बजेट मध्य जेठ १३ गते शुक्रवारसम्म जम्मा १० करोड, ६० लाख ४८ हजार ९०० रुपैयाँ अर्थात १९ दशमलव ५६ प्रतिशत मात्र खर्च भएको छ ।
त्यसैगरी प्रदेश लेखा इकाइ कार्यालय म्याग्दीका अनुसार गण्डकी प्रदेश सरकार मातहतका ८ वटा कार्यालयको कुल ६३ करोड ५६ लाख बजेटमध्य जेठ १३ गते शुक्रवारसम्म जम्मा २३ करोड ८२ लाख ४४ हजार ८ सय ७ रुपैयाँ खर्च भएको छ ।
पूर्वाधार कार्यालयका अनुसार एक वर्ष अघि नै निर्माण सम्पन्न भै सक्नु पर्ने गलेश्वर–पिप्ले–भगवती सडक, बेनी–दरवाङ चेनेज १६ किमी २ सय मिटर देखी दरवाङसम्मको सडक कालोपत्रे योजनाका ठेकदार पनि मुल्यवृद्धीको समायोजन भन्दै काम रोकेका छन । दरवाङ–दाङखोला–धारापानी सडक, भारवाङघाट पुलका ठेकदारले पनि कन्ट्रक्सन होलीडे भन्दै काम रोकेका छन ।
‘ठेक्का सम्झौता अनुसार दुई बर्ष अघि नै निर्माण सम्पन्न भैसक्ने पर्ने योजनामा पनि ठेकदारले अहिले मुल्यबृद्धी भयो मुल्यबृद्धी सम्बोधन भन्दै काम रोक्नु ठेकदारको बाहनावाजी मात्र हो’ पूर्वाधार कार्यालयका प्राविधिक अधिकृत अर्जुन शर्माले भने, ‘हामी हैरान भएका छौं । ठेकदार, सम्पर्क ब्यक्ति सम्पर्कमा आउनै मान्दैनन ।’
पूर्वाधार कार्यालयका मात्र होईन, शहरी विकास कार्यालयले निर्माण गर्न थालेको सदरमुकाम बेनीको कालीपुल बसपार्क निर्माण पनि रोकिएको छ । त्यसैगरी खानेपानी, सिंचाईका योजना पनि रोकिएका छन ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
  • जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

    जेठो हिमाल पुग्ने कान्छो पदमार्गमा पर्यटकले गुल्जार, फुतफुते झरना र पञ्चकुण्ड हिमताल प्रमुख अाकर्षण

  • अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

    अन्नपूर्ण फेदीमा माैरिस हर्जाेगकाे स्मृतीमा आधात्मिक संगीत ‘ॐ अन्नपूर्णाय नम ः ’

  • अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

    अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीहरूको शालिक अनावरण

  • ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

    ‘सामुदायीक प्रर्यापदमार्ग’मा प्रि–मनसुन सौन्दर्य

  • फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

    फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

  • कुकुरको भरमा दरवार

    कुकुरको भरमा दरवार

  • विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

    विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

  • खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

    खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

  • वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

    वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

  • हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

    हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

  • म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

    म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

  • यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

    यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल