FLASH NEWS
  • Loading...

१० वटा शव कोवाङ झारियाे, काठमाण्डाै लैजाने तयारी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २५० पटक पढिएको
१० वटा शव कोवाङ झारियाे, काठमाण्डाै लैजाने तयारी

मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार यात्रुको सवै यात्रुको शव फेला परेको छ ।
फेलापरेका शवमध्य १० वटा तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ । खराव मैषम र अप्ठ्यारो भुगोलमा शवलाई उद्धारकर्ताले बोकर झार्नु पर्ने भएकोले समस्या भएको छ । शव भीरमा छरिएकोले संकलन गर्न समस्या भएको उद्धारमा खटिएका स्थानीय इन्द्रसिं शेरचनले बताए ।
फेला परेका शवको पहिचान भैसकेको छैन ।
कोवाङ झारेका शवको प्रहरीले पोष्टमार्टम तथा मुचुल्का बनाउन थालेको छ । दुर्घटनामा चालक दलका ३ सदस्यसहित २२ जना यात्रुको मृत्यु भएको हो ।

‘फेला परेका शवमध्य १० वटा तल वस्तीमा झारिएको छ । बाँकी ल्याउने क्रम जारी छ । उद्धारकर्ताले भीरमा बोकेर झार्नु पर्ने भएकोले एकै खेपमा उद्धार संभव भएन’ उद्धारकार्यमा संलग्न एक सेना अधिकारीले भने, ‘तल ल्याएका शवको मुचुल्का तयारपारी खेपगरी शव काठमाण्डौ लग्ने योजना छ ।’