- Loading...
मुस्ताङकाे थासाङ क्षेत्रमा तारायएरको ट्वीनअटर विमान वेपत्ता, बाक्लो हुस्सुको कारण खोजी कार्य प्रभावित
- पुनहिल डट कम
- २ साल अघि
- २४८ पटक पढिएको

|Unknown
मुस्ताङकाे थासाङ क्षेत्रमा वेपत्ता विमान बाक्लो हुस्सु लागेको र पानी निरन्तर परिरहेकोले वेपत्ता ट्वीनअटर विमान खोज्न समस्या भएको छ ।
पोखराबाट २२ जना यात्रु बोकेर जोमसोमकालागी उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान मुस्ताङको घाँसा, लेते आसपासमा विमान खसेको अनुमान छ ।
पोखराबाट विहान ९.५५ बजे उडेको विमान म्याग्दी खण्डमा पर्ने वफरजोन क्रसगरेपछि सम्पर्क विहीन भएकोले घाँसा वा लेते आसपास विमान खसेको अनुमान गरिएको हो । थासाङ गापा, १ घाँसाका विक्रम गौचनका अनुसार विमान लेतेको पारी टिटी ताल र निलगिरी हिमालमुनीको मार्चेलेकसम्म आवाज सुनिएको खवर छ । हुस्सु लागेकोले कसैले देखेको छैन ।
वडाध्यक्ष गौचनका अनुसार विमान टिटी तालको आकाशबाट देव्रे मोडिएर धवलागिरी हिमालपट्टी पुगेको अनुमान गरिए अनुसार मुलीवुक्यान र कालीवराह क्षेत्रमा स्थानीय परिचालन गरिएको छ ।
‘हामी धवलागिरी र टुक्चेपीकको फेदीको चरन क्षेत्रबाट तल झर्दैछौं । माथी हामीले केही आवाज सुनेनौं । तर आशंका गरिएको क्षेत्रमा जाँदैछौं’ मुली बुक्यानका चौरी गोठाना सकेन्द्र गौचनले बताए ।
पोखरा–जोमसोम उड्ने जहाजहरु म्याग्दी–मुस्ताङ सीमावर्ती घाँसा क्षेत्रको २ हजार ८ सय मिटर अग्लो स्थानमा कालीगण्डकी नदीलाई देव्रे पारेर उडान भर्छन । पोखरा–जोमसोम रुटमा उड्ने विमान म्याग्दीको घोरेपानीदेखी मुस्ताङको घाँसासम्मको क्षेत्रमा करिव ६ मिनेट टावरसँग सम्पर्क विच्छेद हुन्छन ।
पोखराबाट उडेको जहाज म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ६ घोडेपानीबाट अगाडी पुगेपछि कालीगण्डकी नदीलाई देब्रे पारेर ‘वफर जोन’ मानिएको शिख, पाउद्धार, नारच्याङ्ग वस्तीमाथीबाट निलगिरी हिमाल छेउको ‘अन्धगल्छी’ छिचोली लेते पुगेपछि दाहिने मोडिएर जोमसोम पुग्छ ।
‘हामी स्थानीयवासी जम्मा गरी विमान नियमित उड्ने क्षेत्रमा खोजीका लागी परिचालन भएका छौं । अहिलेसम्म केही तथ्य फेला परेको छैन’ थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले भने, ‘भुईसम्म बाक्लो हुस्सु लागेको छ, स्थानीय, गोठालाहरुसँग जहाजको आवाज सुनेको आधारमा खोजी थालेका छौं । बाक्लो कुहिरो लागेकोले कतै केही देखिएको छैन ।’

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
