FLASH NEWS
  • Loading...

सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दोस्रो दुर्घटना

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८३ पटक पढिएको
सात वर्षमा पोखरा–जोमसोम रुटमा तारा एयरको दोस्रो दुर्घटना

पोखरा–जोमसोम रुटमा उडान भर्ने तारा यएरको सात वर्षको अवधिमा यो दोस्रो दुर्घटना हो । चालक दलका सदस्यहरुसहित २२ जना यात्रु बोकेर जोमसोमका लागि उडेको तारा यएरको ९ एमएईटी ट्वीनअटर विमान आइतबार मुस्ताङको लेते क्षेत्रबाट सम्पर्क विहीन छ ।

यसअघि तारा यएरको कलसाईन नाईन–एनएएचएच ट्वी नअटर विमान ०७२ फागुन १२ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका, ३ दानाको काप्रेस्थित सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त हुँदा दुई विदेशी, दुई बालबालिकासमेत २३ जनाको मृत्यु भएको थियो ।

त्यसैगरी ०७३ भदौ ३ गते १९ जना यात्रु बोकेर जोमसोमबाट पोखराका लागि उडान भर्न लागेको तारा यएरकै ९ एमईक्यू ट्वीनअटर विमान धावन मार्गमा स्पीड लिँदा पाङ्ग्रा नखुलेपछि कालीगण्डकी नदीमा खसेको थियो ।

पोखरा–जोमसोम रुटमै ०५६ सालमा पनि अन्नपूर्ण गाउँपालिका, ४ नारच्याङमा पर्ने निलगिरी हिमालको दक्षिण फेदीमा लुम्बिनी यएरको विमान दुर्घटना हुँदा चालकदलसहित १८ यात्रुको ज्यान गएको थियो ।

त्यस्तै ०६९ जेठ १ गते पोखराबाट जोमसोमका लागि उडेको अग्नि एयरको विमान जोमसोम विमानस्थल नजिकै पानीट्याङकी डाँडामा ठोक्किँदा २ चालक दलका सदस्य र १३ जना भारतीय पर्यटकको मृत्यु भएको थियो ।

०५९ भदौ ३ गते जोमसोमबाट पोखरा फर्किएको सांग्रिला एयरको विमान पोखरा नजिक दुर्घटना हुँदा १८ यात्रुको मृत्यु भएको थियो । *घनश्याम खड्का/कान्तिपुरबाट