FLASH NEWS
  • Loading...

केही दिन वर्षाको सम्भावना

  • पुनहिल डट कम
  • १ साल अघि
  • २१३ पटक पढिएको
केही दिन वर्षाको सम्भावना

अझै केही दिन आंशिकदेखि सामान्य बदली रही हल्कादेखि मध्यम वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल नेपालमा तीन वटा मौसमी प्रणालीको प्रभाव रहेको छ ।

स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावले पहाडी भू–भागका केही स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।

रातिको समयमा देशको प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

सोमबार प्रदेश नं एक, मधेश प्रदेश, वाग्मती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।