- Loading...
म्याग्देलीचेली दीया पुनले चढिन् सगरमाथा
- पुनहिल डट कम
- २ साल अघि
- २६६ पटक पढिएको

म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका, ५ शिख पुख्याैली थलाे भै हाल युकेमा बसाेबास गर्दै अाएकी नायिका दीया पुनले सगरमाथाको सफल आरोहण गरेकी छिन् ।
उनले शुक्रबार बिहान सगरमाथाको आरोहण गरेको उनीसँगै सगरमाथामा पुगेका कीर्तिमानी आरोही निर्मल पुर्जा (निम्स दाइ) ले पुष्टी गरेका छन् । सो आरोहणमा निम्स, दीया लगायत २० जनालाई सफलता मिलेको थियो ।
पुर्जाको इलाइट एक्सपीडिसन्सबाट उनले सगरमाथा आरोहण गरेकी थिइन् । पुर्जाले आरोहणमा चार जना शेर्पाले पनि सगरमाथा पुग्ने मौका पाएको बताएका छन् ।
आरोहणमा सहभागी सबैजना अहिले साउथ कोलमा फर्किसकेको र सबैको अवस्था राम्रो रहेको पनि पुर्जाले बताएका छन् ।
पेशाले नर्स नायिका दीया पुनले सगरमाथा आरोहणका क्रममा तीनवटा च्यारिटीलाई सहयोग पनि संकलन गरेकी छिन् । जसमा जसमा बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) च्यारिटी टुगेदर, उनी कार्यरत कोलचेष्टर अस्पताल च्यारिटी र नेपालमा रहेको चिल्ड्रेन एण्ड युथ फर्स्ट रहेका छन् ।
हङकङमा जन्मेर कहिले नेपाल, कहिले ब्रुनाइ हुँदै सन् २००० देखि बेलायतमा बसोबास गर्दै आएकी पुनको हिमाल चढ्ने रहर भने सन् २०१८ बाट शुरु भएको हो । उनले अभिनय गरेका चलचित्रहरुमा वीरविक्रम, मिस्टर झोले, ह्याप्पी डेज, दयारानी, मन्त्र लगायतका छन् । उनले मनासलु हिमालको पनि आरोहण गरिसकेकी छिन् ।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
