- Loading...
सरकारलाई ओलीको प्रश्न : लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन ?
- पुनहिल डट कम
- २ साल अघि
- ४२६ पटक पढिएको

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भन्न सक्नुहुन्छ? भनेर प्रश्न गरेका छन्।
बिहीबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले प्रधानमन्त्री देउवाले नीति तथा कार्यक्रममा आफ्नो भूमिबारे बोल्न नसकेकाे आराेप लगाए।
‘योभन्दा कायरता के हुन्छ? लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको हो कि होइन? सरकार यो नेपालको हो भन्न सक्छ कि सक्दैन? यो जमिन फिर्ता ल्याउँछु भन्न सक्छ कि सक्दैन?’ ओलीको प्रश्न थियो।
ओलीले थपे, ‘मेरो नेतृत्वको सरकारले भारतले मिचिएको भूमिको नक्सा जारी गरेको थियो। भूमि फिर्ता ल्याउने पहल गरेका थियौँ। तर यो सरकारको नीति तथा कार्यक्रममा भूमिबारे केही बोलिएको छैन। यो भन्दा कायरता के हुन्छ?’
सरकारले आफ्नो भूमिका निर्वाह गर्न नसक्दा राष्ट्रियताको रक्षा प्रतिपक्षले लिनुपरेको उनले बताए।
‘यो सरकारले आफ्नो भूमिबारे किन बोल्न सक्दैन। राष्ट्रिय हित र भूमिको रक्षा गर्न सक्नु हुन्न भने के हो नेतृत्व? राष्ट्रियताको रक्षा प्रतिपक्ष दलले लिनुपर्ने हो? ओलीले देउवालाई प्रश्न गर्दै भने।
उनले प्रधानमन्त्री देउवालाई सीमाबारे स्पष्ट जवाफ दिन समेत आग्रह गरेका छन्।

फाेटाे, भिडियाे र टिकटक खिच्न रत्नेचौरमा भीड

कुकुरको भरमा दरवार

विभिन्न अवस्थाकाे फुच्चे गुराँस तस्विरमा हेराैं

खयर समेत म्याग्दीका वराही शक्तिपीठमा भक्तजनको भीड

वराह/वराही क्षेत्रका चरनखर्कमा भेडा ब्यापारकाे राैनक

हिमालमुनी मुस्कुराएकाे मनसुन सौन्दर्य

म्याग्दीखाेलामा ‘भू–तापीय पानीकाे’ अर्थतन्त्र

यसरी पग्लदैछ धौलागिरी ग्लेसियर, अनि पञ्चकुण्ड हिमताल

धौलागिरी फेदीका वनमा पनि भेटियाे नेपाली फुच्चे गुराँस

हिमाली जंगल निलाे गुराँसले रंगियाे

बेनीकाे लभ्लीहिलबाट देखिने सुन्दर सूर्यास्तक
