FLASH NEWS
  • Loading...

कालीगण्डकीमा बनेन तटवन्ध, नयाँ मेयरलाइ बेनी जाेगाउने चुनाैती

  • पुनहिल डट कम
  • १ साल अघि
  • २७३ पटक पढिएको
कालीगण्डकीमा बनेन तटवन्ध, नयाँ मेयरलाइ बेनी जाेगाउने चुनाैती

कालीगण्डकी नदीले भत्काएको तटवन्ध निर्माण नहुँदा बेनीबजार उच्च जोखिममा परेको छ ।
जल तथा मौषम विज्ञान विभागले यस वर्षको मनसुन जेठ १८ गतेदेखी नै नेपात्र भित्रने र औषतबढी बर्षा हुने उल्लोख गरेको छ । विभागले तयार पारेको मौषमी नक्सामा म्याग्दी जिल्लापनि अधिक बर्षा हुने क्षेत्रमा परेको छ । तर मनसुन संघारमा पनि बेनी बजारको नाभीमै कालीगण्डकीले बगाएको तटवन्ध अझै निर्माण सुरु भएको छैन ।
कालीगण्डकीले गर्त मनसुनमा भत्काएको करिव ५० मिटर पुरानो ग्याभिन तटवन्ध निर्माण ठेक्का लागेपनि ठेकदारले समयमा काम नगर्दा नदी कटानको जोखिम बढेको हो ।
‘बेनीबजारको विच क्षेत्रमा कालीगण्डकी नदीको मुल भङ्गालो सोझिएर तटवन्ध भत्काएको छ । तत्काल संरक्षणको उपाय नअपाउने हो भने वेनीको भविश्य जोखिममा छ’ बेनी नगरपालिकाका नवनिर्वाचित प्रमुख सुरत केसीले भने, ‘ठेकदार, रुपाताल संरक्षण एकिकृत परियोजनाका इन्जिनियर राखेर तत्काल ठूला ढुङ्गाहरु राखेर बाढी छेक्न प्रयास गर्ने उपाय खोज्दैछु’ ।


साविक जलउत्पन्न प्रकोक कार्यालयले लगाएको आरसिसि तटवन्ध दुई वर्ष अघि नै बाढीले बगाएको थिायो । गत वर्ष तटवन्ध गर्ने भएन । स्थानीयले अस्थाई तटवन्धले बाढी छेक्ने प्रयास गरे । बाढीले बगाएको छ । अहिले बेनी बचाउन पोखरा स्थित रुपाताल संरक्षण एकिकृत परियोजनाले ठेक्का लगाएको छ । तर ठेकदारले सजिलो ठाउमा काम गर्ने तर मुख्य नदीको भङ्गालो पसेको र अति जोखिमयुक्त ठाउँमा काम गर्न नसक्ने बताएपछि आसन्न मनसुनमा कालीगण्डकी नदीले कटान गर्ने त्रास बढेको हो ।
परियोजनाले बेनी संरक्षण गर्न कालीपुल वसपार्क क्षेत्रमा ८० मिटर कंक्रिट वाल, उद्योगवाणिज्य संघको पछाडी पट्टी मुख्य खण्ड १ सय ३६ मिटरमा हेभी काउण्टर रिटेनिङ वाल र म्याग्दीखोला तर्फ मंगलाघाटमा ७० मिटर कम्पोजिट वाल लगाउन काठमाण्डौको रौताह कन्ट्रक्सनसँग ९ करोड ४५ लाख १७ हजार ७ सय ४२ रुपैयाँमा ठेक्का लगाएको छ ।
‘बजेट प्राप्ती र ठेक्का प्रकृयागरी माघ १२ भै ठेक्का सम्झौता भएको हो । ठेकदारले सिरियस्ली लिएर समयमै परिचालित भएको भए काम गर्न सकिन्थ्यो । तर अव सकिन्न’ परियोजनाका साईड इन्जिनियर कृष्ण विकले भने, ‘ठेक्काको समयावधी अझै ८ महिना बाँकी भएपनि सदरमुकाम कटानको जोखिम आंकलन गरी आकस्मिक कोषबाट कामको आधारमा भुक्तानी दिने गरी भत्केको स्थानमा ठुलठुला ढुङ्गा लगेर भर्ने सोचेका छौं ।’