FLASH NEWS
  • Loading...

अन्नपुर्ण गापा-८ मा ०७४ सालमा निर्वाचित टिम ०७९ मा पनि विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • २०३ पटक पढिएको
अन्नपुर्ण गापा-८ मा ०७४ सालमा निर्वाचित टिम ०७९ मा पनि विजयी
अन्नपूर्ण गाउँपालिका, ८ राम्चेमा नेकपा एमालेबाट ०७४ सालको स्थानीय तह निर्वाचनमा विजयी वडाध्यक्ष, महिला सदस्य, दलित मिहला र दुइ जना खुल्ला सदस्यसिहत पुरै टिमले यस पटकको निर्वाचनमा पनि विजयी भएको छ ।
०७४ सालमा निर्वाचित भएकाे टिम ०७९ सालका निर्वाचनमा पुरै दाेहाेरिएर विजयी भएकाे संभवत याे पहिलाे हाे । 
अन्नपूर्ण गापा, ८ राम्चेमा एमालेबाट वडाध्यक्षमा खमबहादुर गर्वुजा, महिला सदस्य राममाया पुन, दलित महिलामा यमुना विक र खुल्ला सदस्यमा देउकुमारी खोरजा र यामबहादुर पुर्जाको टिम दोहोरिएर निर्वाचित भएको हो । 
अन्नपूर्ण गापा, ८ मा वडाध्यक्षमा खमबहादुर गवुर्जाले ५ सय ४१ मत, महिला सदस्य राममायाँ पुनले ५ सय ११, दलित महिला सदस्य युमुना विकले ५ सय ३, खुल्ला सदस्यमा देउकुमारीले ४ सय ४३ र यामबहादुरले ५ सय १७ मत प्राप्त गरी सिङ्गाे टिम विजयी भएकाे हाे ।