FLASH NEWS
  • Loading...

स्थानीय तह निर्वाचन : म्याग्दीमा एमाले पहिलो पार्टी, राजकुमार थापा जिसस प्रमुख वन्दै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८२ पटक पढिएको
स्थानीय तह निर्वाचन : म्याग्दीमा एमाले पहिलो पार्टी, राजकुमार थापा जिसस प्रमुख वन्दै

स्थानीय तह निर्वाचन ०७९ को विहिवार विहान अन्नपूर्ण गाउँपालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै म्याग्दीमा नेकपा एमाले पहिलो पार्टी बनेको छ ।
जिल्लाका ६ पालिकामध्य बेनी नगरपालिका, अन्नपूर्ण, मंगला र मालिका गाउँपालिका ४ पालिका प्रमुख र ३ पालिकाको उपप्रमुख एमालेले एक्लै जितेको छ । जिल्लाका ४५ वटा वडामध्य एमालेले २२ वटा वडाध्यक्ष एक्लै जितेको छ ।
काँग्रेस एक्लै रघुगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष जितेको छ । काँग्रेस–माओवादी गठवन्धनले धवलागिरी गाउँपालिका अध्यक्ष उपाध्यक्ष र बेनी नगरपालिकाको उपप्रमुख जितेको छ । गठवन्धनको काँग्रेसले धवलागिरीमा अध्यक्ष जितेको छ भने माओवादी केन्द्रले धवलागिरी र बेनी नगरको उपप्रमुख जितेको छ । त्यसैगरी काँग्रेसले १७ वडा जितेको छ । वडाध्यक्षमा भने काँग्रेसले संख्या थपेको हो ।
त्यस्तै माओवादी केन्द्र म्याग्दीलेले यस पटकको स्थानीय तह निर्वाचनमा एमाले विरुद्धको पाँच दलिय गठवन्धनबाट राम्रो लाभ उठाएको छ । ०७४ सालको स्थानीय तह निर्वाचनमा पालिका अध्यक्ष/उपाध्यक्षमा शुन्य संख्या जितेको माओवादी केन्द्रले यस पटक बेनी नगरपालिका समेत २ वटा उपप्रमुख हात पारेको छ । माओवादी केन्द्रले ६ वटा वडाध्यक्ष जितेको छ ।
पालिका अध्यक्ष र उपाध्यक्ष १२ मध्य एमाले एक्लैले ७ पद हात पारेकोले आसन्न जिल्ला समन्वय समितिमा एमाले जित्ने प्राय: निश्चित भएको छ । एमालेले जिल्ला समन्वय समितिको प्रमुखमा राजकुमार थापालाई अगाडी सारेको छ । यस अघि एमाले र काँग्रेस/राप्रपा गठवन्धन विच मत बराबरी हुँदा गोला प्रथाबाट जिल्ला समन्वय समितिको प्रमुख एमालेको हातमा परेको थियो ।