FLASH NEWS
  • Loading...

म्याग्दीका नवनिर्वाचित पालिका प्रमुखहरूले लिए पद तथा गाेपनियताकाे सपथ

  • पुनहिल डट कम
  • १ साल अघि
  • १३५ पटक पढिएको
म्याग्दीका नवनिर्वाचित पालिका प्रमुखहरूले लिए पद तथा गाेपनियताकाे सपथ

म्याग्दीमा नवनिर्वाचित पालिका प्रमुखहरूले पद तथा गाेपनियताकाे सपथ लिएका छन।

जिल्ला समन्वय समितिकाे सभाहलमा मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधिस  तेजनारायण पौडेलले बेनी नगरपालिकाका मेयर सुरत केसी, रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारी, मंगला गाउँपालिका अध्यक्ष सतप्रसाद रोका, मालिका गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्वुजा र धवलागिरी गाउँपालिका अध्यक्ष प्रेम पुनलाई पद तथा गाेपनियताकाे सपथ गराएका हुन। अन्नपूर्ण गाउँपालिकामा भने मत गणना जारी रहेकाेले अर्काे वुधवार मात्र सपथ ग्रहण कार्यक्रम गरिने मुख्य निर्वाचन कार्यालयले जनाएकाे छ ।

‘निर्वाचित भैसकेका पालिका प्रमुखहरूलाइ पद तथा गाेपनियताकाे सपथ  ग्रहण गराएपछि पदबहालि भै जिम्मेवारी संम्हाल्न मार्ग प्रशस्त हुने छ । अन्नपुर्ण गापाकाे मतगणना जारी रहेकाेले म काठमाण्डाै पुगेर फर्केपछि अर्काे वुधवार मात्र अन्नपुर्णका प्रमुखलाइ छुट्टै सपथ खुवाउने याेजना छ ।’