FLASH NEWS
  • Loading...

अन्नपूर्ण, ५ मा गठवन्धनका राजेश तिलिजा प्यानल विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

  • पुनहिल डट कम
  • १ साल अघि
  • १४४ पटक पढिएको
अन्नपूर्ण, ५ मा गठवन्धनका राजेश तिलिजा प्यानल विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता यथावत

अन्नपुर्ण गाउँपालिका, ५ शिखको वडाध्यक्षमा गठवन्धनबाट काँग्रेसका राजेश तिलिजा विजयी भएका छन ।
तिलिजाले ५ सय ९२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विसन पुनले ५ सय ६८ मत पाए ।
त्यस्तै पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका भरत पुन र दिवा तिलिजाको अग्रता कायम छ । अध्यक्षमा भरत पुनले २ हजार २ सय ५ मत पाएका छन । उनलाई काँग्रेसका वलबहादुर तिलिजाले २ हजार १ सय ४९ मतले पछ्याएका छन । एमालेका पुन काँग्रेसका तिलिजाभन्दा ५६ मतले अगाडी छन ।
उपाध्यक्षमा एमालेकी दिवा तिलिजाले २ हजार ३ सय ३० मत पाएकी छिन । उनलाइ काग्रेसकी ललिता तिलिजाले २ हजार ५७ मतले पछ्याएकी छिन । उपाध्यक्षमा एमालेकी दिवाले काँग्रेसकी ललितालाई २ सय ७३ मतले पछाडी छोडेकी छिन ।