FLASH NEWS
  • Loading...

अन्नपूर्ण,४ मा काँग्रेस विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता कायमै

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८४ पटक पढिएको
अन्नपूर्ण,४ मा काँग्रेस विजयी, पालिका अध्यक्ष/उपाध्यक्षमा एमालेको अग्रता कायमै

अन्नपुर्ण गाउँपालिका, ४ नारच्याङको वडाध्यक्षमा काँग्रेसका लोकबहादुर फगामी विजयी भएका छन ।

फगामीले ५ सय ९२ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका तेजबहादुर गुरुङले ४ सय ८ मत पाए ।

त्यस्तै अन्नपूर्ण गापा, ४ वडाम्मको मत गणना गर्दा पालिका अध्यक्ष र उपाध्यक्षमा एमालेका भरत पुन र दिवा तिलिजाको अग्रता कायम छ । अध्यक्षमा भरत पुनले १ हजार ६ सय १४ मतले अग्रता कायम गरेका छन । उनलाई काँग्रेसका वलबहादुर तिलिजाले १ हजार ४ सय २५ मतले पछ्याएका छन ।

उपाध्यक्षमा एमालेकी दिवा तिलिजाले १ हजार ६ सय २६ मतसहित अग्रता कायम राखेकी छिन । उनलाइ काग्रेसकी ललिता तिलिजाले १ हजार ४ सय २३ मतले पछ्याएकी छिन ।