FLASH NEWS
  • Loading...

अन्नपूर्णमा रोकिएको मतगणना १० बजेबाट सुरु हुने

  • पुनहिल डट कम
  • १ साल अघि
  • २३० पटक पढिएको
अन्नपूर्णमा रोकिएको मतगणना १० बजेबाट सुरु हुने

नेपाली काँग्रेसको विरोधपछि अन्नपूर्ण गाउँपालिकामा चार दिनदेखी रोकिएको मत गणना आज विहान १० बजेबाट सुरु हुने भएको छ ।
निर्वाचन कार्यालयका अनुसार बुधवार विहान १० बजेदेखी दुई वटा समुहमा एकसाथ मतगणना सुरु गरिने भएको हो । मुख्य निर्वाचन अधिकृत रहेका जिल्ला न्यायाधिस तेजनारायण पौडेल नेतृत्वको टोलीले मतगणना स्थलमा जडित सिसी क्यामेराका मिनेट–मिनेटका फुटेज अध्ययन गर्दा काँग्रेसले लगाएको आरोप पुष्टी हुन सकेन ।
काँग्रेसले ‘मतगणना स्थलमा अनधिकृत ब्यक्ति प्रवेशगरी मतपत्र हेरफेर गरेको’ आरोप लगाउँदै मतगणनामा अवरोध गरेको थियो । काँग्रसको अवरोधपछि विवाद निरुपणकालागी निर्वाचन आयोगमा पठाईएकोमा आयोगले आयोगले अन्नपूर्ण गापा–३ मा पुन:मत गणना गर्नु नपर्ने प्रश्ट पारेको थियो ।
आयोगको निर्देशनपछि पनि काँग्रेसले सिसी क्यामेरा फुटेज अध्ययन गर्नु पर्ने माग नछोडेपछि सदरमुकामबाट मुख्य निर्वाचन अधिकृतको टोली मंगलवार साँझ पोखरेवगर स्थित अन्नपूर्ण गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा पुगी सिसी क्यामेरा फुटेज अध्ययन गर्दा आरोप प्रमाणित हुन नसकेको हो ।