FLASH NEWS
  • Loading...

म्याग्दीको मंगला गाउँपालिकामा एमालेका रोका र अधिकारी विजयी

  • पुनहिल डट कम
  • १ साल अघि
  • १८९ पटक पढिएको
म्याग्दीको मंगला गाउँपालिकामा एमालेका रोका र अधिकारी विजयी

म्याग्दीको मंगला गाउँपालिकाको अध्यक्षमा एमालेका सतप्रसाद रोका र उपाध्यक्षमा एमालेकै प्रेमकुमारी खत्री (पेमा अधिकारी) विजयी भएका छन ।
निर्वाचन कार्यालय सहायक निर्वाचन अधिकृत मनोहर ढुङ्गानाका अनुसार अध्यक्षमा रोकाले ३ हजार ९ सय ६८ र उपाध्यक्षमा प्रेमकुमारी खत्री (पेमा अधिकारी)ले ४ हजार २ सय ६१ मत पाएर विजयी भएका हुन । अध्यक्ष र उपाध्यक्षका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विरेन्द्र वुढाथोकीले २ हजार ८ सय ५ र उपाध्यक्षमा काँग्रेसकै शर्मिला थापाले २ हजार ५ सय ९५ मत पाईन ।
नवनिर्वाचित रोका ०७४ सालमा पनि एमालेबाट अध्यक्ष पदका विजयी भएका थिए ।
त्यस्तै, मंगला गाउँपालिका गापाको ५ वडामध्य १ कुहुँमा एकजीत रोका, २ बाबियाचौरमा धनवबहादुर खाती र ५ नम्बर वडा अर्मनमा एमालेका भुपेन्द्र क्षेत्री विजयी भएका छन । मंगला गापा ३ बरंजामा माओवादी केन्द्रका याम रोका र ४ नम्बर वडा वरंजामा काँग्रेसका लालबहादुर रोका विजयी भएका छन । काँग्रेसले मंगलामा यस पटक सुधार गरी एक वडा जित्न सकेको हो ।